काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको चर्चित चलचित्र ‘कहाँ भेटिएला’को शीर्षकमा फेरि चलचित्र निर्माण हुनेभएको छ । १६ वर्षअघि यो चलचित्र स्वर्गीय निर्देशक शिव रेग्मीले बनाउनुभएको थियो ।
अब मिलन तामाङले यस चलचित्रको निर्देशन गर्नुहुनेछ । उहाँ हाल प्रदर्शनरत चलचित्र ‘माइतीघर’का निर्देशक हुनुहुन्छ । मंगलबार थिम पोष्टर सार्वजनिक गर्दै ‘कहाँ भेटिएला’को निर्माण घोषणा गरिएको हो ।
निर्माण टिमका अनुसार यो चलचित्रको छायांकन चैत २० गतेदेखि सुरु हुनेछ र जेठ महिनाको अन्त्यसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । चलचित्रका गीत तथा दृश्यको छायांकन भने माघ महिनामा गरिने तयारी गरिएको छ । हालका लागि चलचित्रको टाइटलमात्र सार्वजनिक गरिएको छ ।
कलाकार तथा प्राविधिक टोलीबारे निर्देशक तामाङले केही खुलासा नगरे पनि निकट भविष्यमा सम्पूर्ण जानकारी सार्वजनिक गरिने बताउनुभयो । उहाँको पहिलो निर्देशन रहेको चलचित्र ‘माइतीघर’ यतिबेला प्रदर्शनरत छ । बडादशैँको छेको पारेर यो चलचित्र फूलपातीदेखि प्रदर्शनमा आएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच