काठमाडौं । आगामी कात्तिक ६ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरले अन्तरजातीय प्रेममा आउने पारिवारिक र सामाजिक अवरोधको कथा पेश गरेको छ । ट्रेलरको केन्द्रमा चलचित्रका मुख्य जोडी प्रकाश सपुत र परीक्षा लिम्बु हुनुहुन्छ ।
अर्जुन सुवेदीको निर्देशनमा निर्माण भएको यो चलचित्रमा प्रकाश र परीक्षासहित विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायतको अभिनय छ । प्लानेट थ्रीको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पार्नुभएको हो ।
यो चलचित्रको कार्यकारी निर्मातामा धरानका मेयर हर्क राई (साम्पाङ)ले नेतृत्व गरिरहेको ‘हर्क साम्पाङ रिभोलुसन एण्ड द टिम’ रहेको छ । रेजिना विष्ट र संसार चौलागाईं निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच