काठमाडौं । चलचित्र ‘कबड्डी’को पाँचौं संस्करण ‘कबड्डी-५’को छायांकन आरम्भ गरिएको छ । निर्माण युनिटले सोमबारबाट मुस्ताङको लार्जुङ बस्तीबाट चलचित्रको औपचारिक छायांकन थालनी गरेको हो । चलचित्रको छायांकन प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजापछि सुरु गरिएको हो । ‘कबड्डी–४’ प्रदर्शनको बेलामा नै यस शृंखलाको अन्त्य भएको घोषणा गरिए पनि दर्शकको अपार माया र सफलताले निर्माण पक्षलाई अर्को सिक्वेल बनाउने प्रेरणा दिएको निर्देशक रामबाबु गुरुङ बतानुहुन्छ ।
चलचित्रमा अघिल्ला शृंखलाका प्रमुख कलाकारहरू पुनः दोहोरिएका छन् । दयाहाङ राई र मिरुना मगरको जोडी, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, अरुणा कार्की, शिशिर बांगदेल जस्ता कलाकार पुनः देखिनुहुनेछ । यसपटक यो चलचित्रबाट पूर्वमिस यूके नेपाल सिर्जना गुरुङले नेपाली फिल्ममा डेब्यु गर्दै हुनुहुन्छ ।
दर्शकमाझ लोकप्रिय रहेनुभएकी रिश्मा गुरुङ (मैयाँ) पनि यो शृंखलामा पुनरागमन गर्दै हुनुहुन्छ । उहाँले पहिलो र दोस्रो संस्करणमा मुख्य भूमिका निर्वाह गर्नुभएको थियो भने तेस्रोमा केमियो र चौथो शृंखलामा अनुपस्थित हुनुभएको थियो । यो पटक अभिनेता विपिन कार्कीको पनि विशेष उपस्थित रहने निर्माण पक्षले जनाएको छ ।
यस चलचित्रको ७० प्रतिशत छायांकन मुस्ताङमा र बाँकी ३० प्रतिशत काठमाडौंमा हुनेछ । चलचित्रको लेखन निर्देशक रामबाबु र उपेन्द्र सुब्बाले गर्नुभएको हो भने छायांकन सञ्जय लामाले गर्दै हुनुहुन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच