काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२५’को उपाधि अधिकाकुमारी थापा मगर र चन्दु बलामीले चुम्नु भएको छ । सामरी इन्टरनेसनल र एमकेएम फेसन हाउसको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा विजेताहरूले उपाधिसहित नगद र विभिन्न उपहार प्राप्त गरेका छन् ।
‘मिस’तर्फ प्रेक्षा श्रेष्ठ पहिलो उपविजेता घोषित हुनुभयो भने ‘मिसेस’तर्फ सरु कार्की हुनुभयो । डा.मिना प्रधान दोस्रो उपविजेता घोषित हुनुभयो । त्यस्तै, विधागत उपाधिमा रञ्जु कार्की ‘पब्लिक च्वाइस’, युनिसा राई ‘भ्युअर्स च्वाइस’ र सानु थापा ‘म्यानेजमेन्ट च्वाइस’ घोषित हुनुभयो ।
कार्यक्रमको निर्णायक मण्डलमा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ, र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले रहनुभएको थियो ।
विजेताहरूलाई पूर्वसांसद छिरिङ ल्हामु लामा (तामाङ), एनआरएनएका पूर्वअध्यक्ष विनोद कुँवर र सेफ एसोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गर्नुभएको थियो । सामरी इन्टरनेसनलका अध्यक्ष भरत सामरीले प्रतियोगिता महिलाको सुन्दरता, प्रतिभा र व्यक्तित्वलाई उजागर गर्दै महिला सशक्तीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच