काठमाडौं । नेपालका सुप्रसिद्ध मूर्तिकार तथा क्रोधकला शिरोमणिका रूपमा प्रख्यात प्राज्ञ कालु कुम्हाः (कुम्हाः ज्यू)को ९३औं वर्ष प्रवेशको अवसरमा ‘शान्त स्वभावका’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । क्रोधकला शिरोमणि फाउण्डेशनको प्रस्तुतिमा तयार भएको उक्त गीतको भिडियोको प्रिमियर समारोह कीर्तिपुर सिनेप्लेक्स हलमा सोमबार सम्पन्न भएको हो ।
समारोहमा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले कालु कुम्हाः लाई सम्मान पत्र अर्पण गर्दै दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । उहाँले कालु कुम्हाःलाई ‘नेपालको मूर्तिकला क्षेत्रका जीवित धरोहर’ भन्दै उच्च प्रशंसा व्यक्त गर्नुभएको थियो ।
नरेन्द्र प्यासीको स्वर एवं संगीत, प्रेम महर्जनको रचना र लुजः सिंहको निर्देशन, छायांकन तथा सम्पादन रहेको भिडियो प्राज्ञ कालु कुम्हाःको जीवन र व्यक्तित्वमा आधारित भएर निर्माण गरिएको हो । समारोहमा अग्रज चलचित्र पत्रकार विजयरत्न असंबरेले म्युजिक भिडियोमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कालु कुम्हाको योगदानलाई ऐतिहासिक बताउनुभएको थियो ।
फाउण्डेशनका अध्यक्ष राकेश अवालेले स्वागत मन्तव्य राख्दै कालु कुम्हाको जीवनका विविध पक्षहरूमा प्रकाश पार्नुभएको थियो । त्यस्तै, भिडियो निर्देशक लुजः सिंहले निर्माण अनुभव बाँड्दै, यस्तो प्रेरणादायी व्यक्तित्वमाथि कलात्मक प्रस्तुति दिन पाउनु गौरवको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा लोककवि राजभाइ जकमिले कालु कुम्हाको जीवनीमा आधारित कविता वाचन गर्नुभएको थियो । साथै, भिडियोमा आबद्ध व्यक्तित्वहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच