यस्य नास्ति स्वयं प्रज्ञा
नेपालको राजनीतिलाई गहिरिएर हेर्यो भने जनता जहिले पनि एउटा बलियो नेता खोजेर पछि लागेका देखिन्छन् । यसरी हेर्दा नेपाली जनतालाई आफूमाथि विश्वास छैन पनिभन्न सकिन्छ । आफूले आफैंलाई विश्वास गर्न नसकेको क्षण अत्यन्त नै दुःखद् हुँदोरहेछ भन्ने कुरो त गत भदौ २३ र २४ गते नेपालमा भएका घटनाले मुटु कमाउने गरी उदाहरण देखाएका छन् । ती दिनका खलनायक खड्गप्रसाद शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल नै हुन् । आफ्नो मौलिक प्रतिभा नभएका यी आउरेबाउरेका कुरा सुनेर चलेका थिए । यिनले आफ्नो राजनीतिक दर्शन, तदनुकूलको आचरण र चिन्तनलाई गुमाएर नवधनाड्य, नवकुबेर, नवसामन्तका खुट्किला उक्लन खोज्दा यो दुर्दान्त घडी आएको हो । शेरबहादुर सामन्तपुत्रीसँग नाता जोडेर मौलिक आचरणबाट विचलित भएका पात्र हुन् ।
उनलाई यस गतिमा पु¥याउने उनको पदलोलुपता र उनकी पत्नीको धनलोलुपता नै कारणका रूपमा देखिन्छन् । ओली मनोवैज्ञानिक कारणले दुष्ट बनेका हुन् । टुहुराले बालवयमा खेपेका दुःखको बदला सक्षम भएपछि जो अघि पर्छ त्यसैबाट लिन आँखा चिम्लेर लाग्छ । यो उनमा धेरै पहिलेदेखि विकसित भएर आएको बानी-व्यवहार हो । खान नपाउने अवस्थाको टुहुरो बालक मान्छे काट्ने राजनीतिबाट प्रधानमन्त्री जस्तो पदमा आरोहण गरेपछि उनी भूइँमा न भाँडामा भएर दम्भी स्वभावका बन्न पुगे । यसरी यिनीहरू छोटे राजा बन्न खोज्दा नव पुस्ताले त्यो ज्यादती सहेन । पुष्पकमल दाहाल बोली बदल्न, भेष बदलेर जस्तालाई तस्तै ढिँडालाई निस्तै गर्न पहिलेदेखि नै खप्पिस छँदै थिए ।
मैले हारे पनि देशले हार्नु हुँदैन भन्ने गिरिजाप्रसाद कोइराला, संसद्लाई विभाजित हुन दिन्नँ भनेर आफूलाई अग्निकुण्डमा होमेर पनि राष्ट्रपति पद परित्यग गर्ने सुशील कोइराला प्रधानमन्त्री पदको प्रदानता त्यागेर आफूभन्दा योग्य आफ्ना साथीलाई दिन आग्रह गर्ने गणेशमान सिंह र मभन्दा बढी देश रोगी छ भनेर देशको रोगको चिन्ता गर्ने बीपीको चिन्तनसँग तुलनीय चरित्र देखाए वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले ।
उनमा रहेको यही भेष बदल्ने प्रवृत्तिले झापड लाएको देखिन्छ । ज्ञानेन्द्र र उनका पछुवामा रहेको इष्र्याभाव र बदलाको कामनाले पनि काम गरेर देशका अनमोल धरोहर जलेर खरानी भए । खरानीका थुप्रामा न ज्ञानेन्द्रले आउने हिम्मत देखाउन सके न त किनेर ल्याएका नक्कली मान्छेका भीडमा बम्के झैं ओली टिक्न सके । बरू सुरक्षा संयन्त्रका घेरमा हेलिकेप्टर चढेर भागे । बरु प्रजातान्त्रिक अभ्यास गरेका शेरबहादुर कुटाइ खाएर पनि अडिए । रामचन्द्रले आफ्नो चिन्तनशील व्यक्तित्व प्रदर्शन गरे । मलाई मार अनि जे गर्छौ गर । म संविधानको संरक्षक हुँ, म ज्युँदो रहँदासम्म यसलाई मार्न दिन्न भनेर अडिए ।
मैले हारे पनि देशले हार्नु हुँदैन भन्ने गिरिजाप्रसाद कोइराला, संसद्लाई विभाजित हुन दिन्नँ भनेर आफूलाई अग्निकुण्डमा होमेर पनि राष्ट्रपति पद परित्यग गर्ने सुशील कोइराला प्रधानमन्त्रीपदको प्रदानता त्यागेर आफूभन्दा योग्य आफ्ना साथीलाई दिन आग्रह गर्ने गणेशमान सिंह र मभन्दा बढी देश रोगी छ भनेर देशको रोगको चिन्ता गर्ने बीपीको चिन्तनसँग तुलनीय चरित्र देखाए वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले । उनलाई एक पटक पुनः धन्यवाद प्रदान गर्दछु । अब बाध्य भएर ज्ञानेन्द्रले आफूलाई पूर्वराजा भनेर स्वीकारेको पनि देखिन्छ ।
न्यायात् पथः प्रविचलन्ति पदं न धीराः
भारे टाकुरे राजालाई जितेर एउटा बलियो राज्यको कल्पनालाई कार्यमा उतार्न कस्सिएको देखेर त्यस बेलाका गोरखाली आदि जनता पृथ्वीनारायण शाहका पछि लागेका थिए भने उनले बसाएको थितिमा नै उनका शाखा सन्तान विश्वस्त भएर बसुन्जेल नेपालमा राजसंस्था निकै बलवान् र लोकप्रिय पनि थियो । जब राजा वीरेन्द्रको वंशनास गरी अपुताली खान नजिकको अंशियारका हैसियतले ज्ञानेन्द्र राजा भए र उनले आफ्नै बाबुका मतियार जो प्रजातान्त्रिक व्यवस्था र जनतालाई कहिल्यै विश्वास गर्न नसक्नेलाई ल्याएर राजकाज गर्न थालेपछि नेपाली जनता राम्रैसँग भट्केका थिए र नै २०६२/०६३ मा राजसंस्थालाई फालेर राष्ट्रपतीय पद्धतिमा रूपान्तरण गर्न सकिएको हो । राजालाई पनि साधारण जनतामा बदल्ने यज्ञ सम्पन्न हुन सकेको थियो ।
नवपुस्ता देशभित्र समानता, स्वतन्त्रता, सुशासन, भ्रष्टाचारहीन प्रशासन र सेवामुखी सरकार तथा मानव अधिकारयुक्त प्रजातन्त्र चाहन्छन् । काममामको अवसर खोज्दै आएका हुन् सडकमा, कोही गाडी र कोही खाडीमा जानुपर्ने अवस्थाका विरुद्ध सचेत भएर नवपुस्ता अवसर खोज्दै थियो । ‘इनफ इज इनफ’ का माध्यमले पनि धेरै पहिले यिनले यो सामथ्र्य प्रदर्शन गरेका थिए । श्रीलंका, बंगलादेश जस्ता देशमा भएका आन्दोलनबाट सचेत सतर्क हुनाको बदला ओली जंगबहादुर बन्ने दाउमा लागे भने शेरबहादुर जस्तो समानता, स्वतन्त्रता, भ्रातृता र विश्वबन्धुताका लागि लामो संघर्ष गरेर आएका व्यक्ति पनि पदका लोभले महका ढुंग्रामा डुबेर मर्ने झिँगो बनेको देख्दा सबै प्रजातन्त्रवादीको चित्त असामान्य बन्नु स्वाभाविक नै थियो ।
अबको राजनीतिक दृश्यपटबाट शेरबहादुर ससम्मान अभिभावकीय भूमिकामा जानु राम्रो हुनेछ । यही भूमिकामा पुष्पकमल दाहाल र खड्गप्रसाद शर्मा ओली पनि जाऊन् । अन्यथा देश लामो अन्यौलका डुन्डुरमा जान पनि सक्छ जसरी अफगानिस्तान गयो, पाकिस्तान आजसम्म पनि नागरिक शासनप्रति असहिष्णु नै रहेको देखिन्छ । २०८२ असोज २३ गतेको ओलीको बोली सुन्दा, ओली अझै देशमा हुँडलो मच्चाउने गोएवेल्स पथमा यात्रा गर्न चाहने व्यक्तिका रूपमा देखापरेका छन् । बालेनको कालो चस्मा र गाँजाका सुर्काले पनि देशलाई फाइदा नपु¥याउन सक्छ । हर्क पनि उत्ताउला रहेछन् । सुदन गुरुङ अजेन-जी भएर जेन-जी हुँ भन्छन् भने यो राम्रो कुरो होइन ।
दलहरू पुरानै डम्फु बजाउँछन् भने देश भडखालामा पर्छ यसलाई कसैले रोक्न सक्दैन । यसो भएका कारणले नेपाली कांग्रेस दह्रो गरी अग्रसर हुनुपर्छ । अब कांग्रेस कसैको बैशाखी नबनेर एकलव्य भावले सबैलाई समेटेर चुनावमा जानुपर्दछ । यो नै एकमात्र न्यायिक र कानुनसम्मत मार्ग हो जो मानवता र राजनीतिक दृष्टिले पनि परिपक्व रहेको देखिन्छ । न्यायिक बाटाबाट धीर मानिस रत्ति पनि पाइला डग्मगाउँदैन । देशमा अमनचयन कायम गरी निर्वाचनमा जानैपर्छ । बेथितिलाई थितिमा ल्याउन देषीलाई कारबाही गर्नुपर्छ, आपराधीलाई कानुनअनुसार दण्डित गर्नैपर्छ । भ्रष्टाचार गरी कमाएको ठहर भएको धन राष्ट्रीयकरण गर्नैपर्छ । योग्यं योग्यायदातव्यम् भनेर हाम्रा पुर्खाले यसै भनेका होइन रहेछन् ।
अभिभावकीयता
मेरा आदरणीय मित्र नरोत्तम वैद्यले भनेको सम्झन्छु : ‘राजनीतिक इतिहासमा गिरिजाप्रसाद कोइरालाको जति कालो झण्डा प्रदर्शन र पुत्लादहन सायदै कसैको भएको होला तर पनि सारा देशले उनलाई अभिभावक मानेको थियो । उनी पनि देशले हार्नु हुँदैन मैले हारेर केही फरक पर्दैन भन्ने हिम्मत राख्दथे । उनलाई देखिनसहे पनि उनले प्रशान्त दिलले अभिभावकत्व लिएका हुन्थे । राजनीतिमा अभिभावकत्व दिनसक्ने तागत भनेको चानचुने कुरो होइन । यस दृष्टिले अहिले कुख्यात भनिएर कुख्यातै ठानिए पनि शेरबहादुर देउवा पनि अभिभावकत्व प्रदान गर्ने गुण भएका नेता थिए । यसै कारण उनी केन्द्रीय समितिमा ८२ प्रतिशत होल्ड गर्दथे ।
अबको राजनीतिक दृश्यपटबाट शेरबहादुर ससम्मान अभिभावकीय भूमिकामा जानु राम्रो हुनेछ । यही भूमिकामा पुष्पकमल दाहाल र खड्गप्रसाद शर्मा ओली पनि जाउन् । अन्यथा देश लामो अन्यालका डुन्डुरमा जान पनि सक्छ जसरी अफगानिस्तान गयो, पाकिस्तान आजसम्म पनि नागरिक शासनप्रति असहिष्णु नै रहेको देखिन्छ ।
अब उनको पार्टीबाट बहिर्गमनपछि भने रहेका कांग्रेसी नेतामा अभिभावकत्व लिने क्षमता भएका व्यक्ति हुन् डा.शेखर कोइराला’ । यसरी नरोत्तमजीको कुरो सुन्दै जाँदा मेरा मनमा पनि उनी घरमा होइन जिल्ला जिल्लामा जनताका खेतखलामा पुगेर जनताका दुःखसुखमा सहभागी हुँदै आएका देखिन्छन् । विवाह व्रतबन्ध होस् या मरुमारुमा मान्छे परेको होस् तुरुन्तै पुगेर समवेदना दिनु उनको चरित्रको विशिष्ट पक्ष बनेर प्रकट भएको देख्न थालेँ । यसो भएका कारणले डा.शेखर अबको सभापतिमा सहजै आउनेछन् भन्ने लख काट्न लागिएको पनि छ । उनले पहिलो पटक शेरबहादुरले आरम्भ गरेको असहिष्णु प्रवृत्तिलाई तोडेर मुद्दा अनुसार मेल, सरसल्लाह, आपसी सहयोग र आवश्यकता अनुसार चुनौती खडा गर्ने र तुरुन्तैको परिस्थिति अनुसारको कदम चाल्ने प्रतिद्वन्द्वीका रूपमा वर्तमान पार्टी सभापतिले पनि पाएको कुरो बेलामौकामा प्रकट गरेको भेटिन्छ ।
यिनले गिरिजाप्रसाद कोइरालाको सक्रियता र संगठनप्रियतालाई अँगालो हालेका छन् । सुशील कोइरालाको सादगी र सरसल्लाह गर्ने गुणलाई सर्लक्क लिएको देखिन्छ । बीपीका पथको अनुशरण, अनुगमन र दृढताका साथ अघि बढ्ने प्रवृत्ति पनि यिनमा रहेको देखिन्छ । पालो पर्खेर ओली या एमालेका ज्यादतीका विरुद्ध बोल्ने पार्टी सभापति भएका बेला पनि शेखरले सुन्दा तीतो लागे पनि सत्य बोलेका थिए । सरकारमा भएर पनि हामीले जनतालाई सुशासन दिन सकेका छैनौं । जनताले केही खोजेका छैनन् । सुशासन र भ्रष्टाचारमुक्त समाज, भ्रष्टाचारहीन प्रशासन त खोजेका हुन् भनेर उनले बोलेका शब्द अक्षरशः सार्थक भए जेन–जी आन्दोलनमा आएर । जेन–जीका कुरा नसुनेपछि पश्चाताप गर्नुपर्ला भनेर उनी ६ महिना अघिदेखि बोल्दै आएका थिए तर दम्भी र सत्ताबकुल्लाले सुन्दै नसुन्दाको परिणाम आज हामी सबैले देखे भोगैकै छौं ।
नेपाली कांग्रेस समाजबाट आवश्यक कार्यकर्ता र नेताको आपूर्ति गर्ने मासबेस पार्टी हो । अतः यस प्रकारको गुणले भरिएका लाखौंलाख युवक छन् । समाजमा तिनलाई मुखर बनाउने कार्यक्रम र प्रवेशद्वार खोलिनुपर्छ पन्ध्रौं महाधिवेशनमा । जसरी वनका पोखरीमा आकाशे पानी भरिएर डाँडापाखा रसार्द्र बनेका हुन्छन् त्यसै गरी चौडा समाजबाट नेपाली कांग्रेसमा प्रतिभाको ओइरो लाग्ने वातावरणको बाटो बनाएर युवालाई जोड्न सक्नुपर्दछ । यस देशमा भएका समग्र तह र तप्कालाई समावेश गरेर पनि तरुण पुस्ता (जेन-जी)को विशेष आकर्षणको केन्द्र कांगेसलाई नबनाउने हो भने महाधिवेशन निरर्थक हुनेछ ।
दुवै महामन्त्रीलाई म भन्न चाहन्छु हिजोको नियन्त्रण र भोट कब्जानीतिलाई च्यात्नुस् । इच्छुक सारा नवपुस्ता कांग्रेसमा ओइरो लागेर आउन पाउन् । यसरी गरिने १५औं महाधिवेशनलाई ऐतिहासिक बनाइयोस् । विशेष अधिवेशनको काम छैन । यो दबाबमात्र हो भन्ने सबैले बुझ्नु आवश्यक छ । निकम्मा साबित भएकाहरू जत्रा ठूला ठाउँमा पुगे पनि निकम्मा नै हुँदारहेछन् । तीनै दलका शीर्ष नेताहरू आफ्ना बेलामा पुराना नेताको दौराको फेर समातेर वैतरणी तर्नेमध्येकै थिए ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच