काठमाडाैं । सभामुख देवराज घिमिरे र निःवर्तमान राजनीतिक दलहरुका प्रमुख सचेतकहरुबीचको छलफल शुरु भएको छ ।
बुधवार बिहान सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा छलफल शुरु भएको हो । जेन-जी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएको छ । सभामुख घिमिरे प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने निवेदनसहित अदालत जाने तयारीमा हुनुहुन्छ ।
प्रतिनिधि सभा विघटन संविधान विपरित रहेको र नेकपा एमाले र नेपाली काँग्रेससहितका राजनीतिक दलहरुले संसद विघटन संविधानसम्मत नरहेको बताएका छन् । नेकपा एमालेले पदाधिकारी बैठकबाट प्रतिनिधि सभा विघटनविरुद्ध अदालत जाने निर्णय गरिसकेको छ भने काँग्रेस केन्द्रिय समितिको बैठकबाट आफ्नो धारणा स्पष्ट पार्ने बताउँदै आएको छ ।
यस्तो अवस्थामा सभामुखले विघटन हुनुपूर्वको प्रतिनिधि सभामा सहभागी राजनीतिक दलका प्रमुख सचेतकसँग पार्टीको धारणा माग्न बैठक राख्नुभएको हो । बैठकमा नेकपा एमाले, नेपाली काँग्रस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरु रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच