जनकपुरधाम । मधेस प्रदेश सभाको दुई ठूलो दल काँग्रेस र एमालेबिनै राखेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजिनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले आज अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीकालागि दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश प्रमुखले सरकार बनाउनका लागि दाबी पेश गर्न आह्वान गरेपछि काँग्रेस र एमाले बाहेकका दलहरु जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीको समर्थनमा सोनललाई मुख्यमन्त्रीमा नियुक्त गर्नकालागि प्रदेश प्रमुख समक्ष दाबी पेश गरिएको छ ।
सोनललाई यी ५ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थन प्राप्त भएको छ । मधेसमा सरकार निर्माणका लागि १ सय ७ सदस्यीय मधेसको प्रदेश सभामा ५३ प्रदेशसभा सदस्यहरुको समर्थन आवश्यक छ । यसअघि काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्ने गरी एमाले र जनमत पार्टीको समर्थनमा सरकार निर्माणका लागि प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरिएको थियो ।
तर जनमत पार्टी काँग्रेस एमाले खेमा छोडेर यो खेमामा आएपछि सोनलको मुख्यमन्त्री बन्ने सम्भावना लगभग पक्का भएको छ । लोसपाका केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले सक्रियता देखाउँदै काँग्रेस एमालेलाई सत्ता बाहिरै राखेर सरकार निर्माणको वातावरण निर्माण गर्न सफल भएका छन् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच