काठमाडौं । समालोचक तथा साहित्यकार सुधा शर्माको समालोचनात्मक कृति ‘समकालीन नेपाली निबन्धमा पूर्वीय दर्शन’ परिचर्चा भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृतिको समालोचनात्मक परिचर्चा भएको हो ।
कार्यक्रममा साहित्यकार तथा समालोचक प्रमोद प्रधानले कृतिको समीक्षात्मक टिप्पणी गर्दै नेपाली निबन्ध क्षेत्रमा समालोचना न्यून लेखिँदै आएको उल्लेख गर्नुभयो । ‘हामी जत्तिकै उत्तरआधुनिकताको चर्चा गरौं, हाम्रो बौद्धिक धरातल पूर्वीय दर्शनमै आधारित छ’, उहाँले भन्नुभयो, ‘शर्माले नेपाली निबन्धमा देखिएको पूर्वीय चिन्तनलाई सूक्ष्म रूपमा विश्लेषण गर्नुभएको छ, जसले भविष्यमा अन्य लेखक तथा अनुसन्धानकर्तालाई मार्गनिर्देशन गर्नेछ ।’
समीक्षक ज्ञानु अधिकारीले कृतिमा समावेश सामग्रीले लेखकको साहित्यिक साधना प्रष्ट झल्किने बताउनुभयो । ‘आजका समकालीन निबन्धहरूको विश्लेषण गर्दै शर्माले तिनमा समावेश दार्शनिक पक्षहरूलाई कुशलतापूर्वक उतार्नुभएको छ। यो पुस्तक ज्ञान र जानकारी दुवैका दृष्टिले महत्वपूर्ण छ’, उहाँले भन्नुभयो । समीक्षकद्वयले केही कमिकमजोरी भए तापनि कृति समग्रमा बलियो रूपमा प्रस्तुत भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा प्राडा.लक्ष्मणप्रसाद गौतमले कृतिमाथि प्राज्ञिक बहस आवश्यक रहेको औंल्याउँदै लेखक शर्माले एक गहन अध्ययन पाठकसमक्ष प्रस्तुत गरेको धारणा राख्नुभयो । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले प्रारम्भमै जटिल विषयमा कलम चलाउनु लेखकको साहसी प्रयास भएको उल्लेख गर्दै, ‘निबन्धमा समेटिएको पूर्वीय दर्शनको विवेचन आफैंमा उपलब्धिमूलक कार्य हो’, भन्नुभयो ।
कार्यक्रममा कृतिकार सुधा शर्माले आफ्ना गुरुहरूको प्रेरणाले पुस्तक लेखन सम्भव भएको बताउँदै पूर्वीय दर्शनसम्बन्धी आफ्ना अध्ययन-अनुभव साझा गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच