मेरा पूर्वस्मृतिमा विष्णुको प्रेम कहानी झट्ट प्रकट भयो । आजभन्दा लगभग पचपन्न वर्षअगाडि विष्णु र म पूर्वबाट काठमाडौंमा पढ्न आएका थियौँ । त्यसबेला विष्णु विश्वविद्यालयमा अर्थशास्त्रमा एमए पढ्थे म भने त्रि-चन्द्रमा बिएको विद्यार्थी थिए । हामी उमेरमा चार वर्ष फरक भए पनि दाजुभाइभन्दा बढी मित्र भयौ । काठमाडौं डिल्लीबजारको डेरामा वल्लोपल्लो घरमा हामी बस्दथ्यौ ।
विष्णु मेधावी विद्यार्थी भएकाले उनी राणा परिवारका छोराछोरीलाई ट्युसन पढाउथे, तसर्थ उनलाई विद्यार्थी जीवनमा पनि खर्चका लागि खासै अभाव थिएन । त्यसबेला बाहिरबाट काठमाडौं आएर पढने अधिकांश विद्यार्थी कतै न कतै जागीर खाएर पढ्ने प्रचलन जस्तै थियो । त्यसैले प्रायः मेरा साथीहरूले जागीर खाँदै बिहान-बेलुकी सत्रका कक्षा लिएर अध्ययन अगाडि बढाइ रहेका थिए । त्रि-चन्द्रको दिउँसोको विद्यार्थी भएकाले म भने अपवाद जस्तै थिएँ । म खाना खाएर कलेज जाने भएकाले विष्णु र म प्रायशः रत्नपार्कसम्म सँगसँगै जान्थ्यौं बाटामा पद्मकन्याकी एक विद्यार्थीलाई उनले कतै पछ्याई रहेका त छैनन् ? मलाई कताकता आभाष हुन्थ्यो । यदाकदा अगाडिबाट हिँड्दा उनी त्यही युवतीतिर विशेष आकृष्ट भएको म अनुभूत गर्दथँे र भन्थेँ मन पर्यो भने भन है ! कन्यार्थ हुनुपरे पछि पर्दिनँ । मेरो भनाइमा उनी हास्दै भन्थे काठमाडौंबाट तिम्रो टिकट कटाउनुपरेको छैन मलाई । हामी जिस्किँदै रत्नपार्क पुग्थ्यौ । त्यहाँबाट उनी कीर्तिपुरको बसमा कोचिन्थे म त्रि-चन्द्रतिर लम्कन्थेँ ।
मैले चारैतिर आँखा दौडाए, त्यहाँ अरू टेबलमा पनि केटाकेटीहरू खासखुस गर्दै चिया पिउँदै रहेछन् । यो देखेर मलाई होटलको नाम परिवर्तन गरेर प्रेमीहरूको कुनु राख्न होटल मालिकलाई सुझाव दिने विचार आयो । यो कुरा विष्णुलाई भनेँ उनले हाँस्दै रोजितातिर हेरेर चारैतिर हेर्दा त त्यस्तै लाग्छ भने । रोजिताले केही बोल्नुको साटो मुसुक्क हाँसेर मौन उत्तर दिइन् ।
यसरी हाम्रो विद्यार्थी जीवन चलिरहेको थियो । केहीकालपछि अचानक विष्णु अलिक पृथक देखिन थाले । कलेजसँगै जान पनि कहिले के भयो कहिले सञ्च भएन भनेर मबाट अलग्गिन खोजेको जस्तो गर्न थालेको मैले सजिलै थाहा पाएँ । एकाएक उनी टाडिएकोमा सायद हामीमध्ये कसैसँग रिसाएर हो कि ? आर्थिक कारण केही भयो कि ? या घरेलु समस्या पर्यो कि ? मैले विविध अर्थ निकाले तर समाधान गर्न सकिरहेको थिइन ।
दुई-तीन महिनादेखि पातलिँदै गएको विष्णुसँगको भेटघाट एक महिनायता बन्दै जस्तो भएपछि मैले खप्न सकिन । एकाबिहान मेरा कोठाका साथीहरू कलेजतर्फ लागेपछि म विष्णुको कोठामा गएँ । उनले अलिक अप्ठ्येरो मान्दै ‘म त बिरामी भएर बेपत्ता पो भए त !’ भनेँ । उनको सरासर झुटो भनाइलाई मैले पत्याएझैँ गरेँ र ‘कुन रोग हो त्यस्तो भन्न नहुने ?’ भनेँ । उनले हाँस्दै अलिक अप्ठ्येरो रोग लाग्यो यार भनेर सफाइ दिए । तिमी कुनै कारणले रिसाएको त होइन नि ? कि मेरा कोठाका साथीहरूले केही भने ? मैले त केही गरे, भने जस्तो लाग्दैन ! एकै पटक तीन प्रश्न तेस्र्याएँ । ‘तिमीले यस्दै ! सोच्दैछौ होला भनेर मैले पूर्वानुमान गरिसकेको थिएँ’ भनेर उनी मुस्कुराए । ‘एकाएक साथी हराउँदा विविध कुरा त मनमा आइहाल्छन् नि ?’ मैले शालिन भावमा भनेँ ।
मेरो भनाइको केही उत्तर नदिई विष्णुले स्टोभ बालेर चियाका लागि पानी बसाए । उनले पाण्डा ब्राण्डको चाइनिज कन्डेन्स मिल्कमा केही चिनी हालेर खुब फिटे र अन्तमा बाक्लो चिया तयार पारे । मलाई हातमा चिया दिँदै म मेरो रोग तिमीलाई देखाउँछु र भन्छु पनि तर एक सर्तमा भनेँ । मैले छक्क पर्दै के हो त्यस्तो सर्तसाथ सुन्नुपर्ने गोप्य म कसलाई भन्छु र ? विश्वासघात हुँदैन भन न भने । उनले फेरि म तिमीलाई विश्वास गरेर यो भन्दैछु किनकि तिमी मेरा आत्मीय र विश्वासीमित्र हौ भने । उनको पटक-पटकको विश्वास शब्दको पुनरावृत्तिले मलाई उनको कुरा सुन्ने आकांक्षा भने क्षण प्रतीक्षण तीव्र गतिमा बढिरहेको आभाष भयो । यसैबेला उनले हातमा बाँसुरी लिएर ‘गाता रहे मेरा दिल तुही मेरी मञ्जिल’ गाइड सिनेमाको धून घन्काए । पलभरमै पल्लो घरको झ्यालमा टुप्लुक्क एक परी देखा परिन् । परी र उनीबीच इशारा इशारामा कुरा भए म नेपथ्यको दर्शक बनेँ ।
उनीहरूबीचको मौन संवाद सकिएपछि विष्णुले मलाई हेरन बाँसुरी बजाउँदा बजाउँदै यिनीसँग भएको मौन संवाद घनिभूत हुँदै प्रेमका रूपमा प्रकट भयो र म त बाटो हराएको पथिक जस्तो भए भनेँ । उनको कुरा सुनेर मैले हाँस्दै बाटो हराएको पथिक होइन मूलबाटो भेटेर तिमीहरूतर्फ जाने चोरबाटो बिसर्ने भए भन न ! भनेर जिस्किएको अन्दाजमा ल काठामाडौं ज्वाइँ हुनेभएछौ तरमार मैले व्यंग्यमा व्यक्त गरेँ । मेरो भनाइ सुनेर उनले प्रेम भनेको विचित्रको हुँदो रहेछ मैले छ सात महिनायता रोजिता र बाँसुरीबाहेक सबैलाई बिर्सिए जस्तो भएको छ भने र छक्क परेझैँ गरेँ । मैले अरू जे होस् युनिभर्सिटी त जान बिर्सिएका छैनौ नि ? सहज भावमा भनेँ । त्यो त उनीले छोड्न कहाँ दिन्छिन् र आफू पनि कक्षा एक दिन पनि छोड्न मान्दिनन् भनेर उनले रोजिताको लामो प्रससंशा गरे । उनको यो प्रसंशामा म प्रेमको परिभाषा र लिपपोत खोज्न थाले । केही महिनामै मानिसलाई कसरी प्रेमले बशमा पार्ने रहेछ ? म विष्णुको मुहारमा हेरेको हेरै भएँ ।
एक्छिन् पछि ‘यी झ्यालवाली कतै तिनै पद्मकन्यामा देखिने केटी त होइनन् ?’ मैले उत्सुकता पूर्वक प्रश्न गरेँ । उनले केही मलिन स्वरमा ‘हो उनै हुन्’ भने । मैले लौ जय होस्् साथी कता हरायो भनेर छटपटाएको त यत्रो विकासमा लागेको रहेछ अनि कहाँबाट भेट होस्’ भनेर थोरै छेडखानी गरेँ । मेरो छेडखानीलाई पनि विष्णुले सहज रूपमा लिए र भने यहाँ डेरा सरेर आएको दुई-चार दिनदेखि नै यिनको र मेरो कथा सुरु भयो । बिहान-बेलुका बाँसुरी बजाएर मनोरञ्जन भन वा साधना गर्नु मेरो पन्ध्र-बीस वर्षदेखिको निरन्तरता हो । यहाँ आएको पहिलो दिनमा बाँसुरी बजाउँदा नै मलाई त्यो झ्यालमा छायाँ सलबलाएको आभाष भयो र त्यसको केही दिनमा त्यो छायाँ रोजिताका रूपमा प्रकट भयो ।
त्यसको केही दिनपछि कलेज जाँदा अगिपछिको कवाजले मनमा काउकुती लगायो र अन्ततः प्रेमपत्रले भेटघाट गरायो भनेर उनको र रोजिताको प्रेम महात्म्य समाप्त गरे । मैले उनका सबै कुरा सुनेपछि के उनको परिवारलाई पनि यस बारेमा थाहा छ ? उनलाई सोधेँ । उनले कहाँ हुने उनलाई बिए पास गर्ने वित्तिकै दिदीको जेठाजुको छोरासँग विवाह गर्नुपर्छ भनेर तयार पार्दैछन् अरे भने । उनको भनाइले उनीहरूको पवित्र प्रेममा कालोवादल मडारिरहेको आभाष भयो मलाई । तर, यस विषयमा अहिले थप कुराकानी गर्न उचित ठानिन ।
मैले कुरा अन्तै मोडने विचार गरेँ र मैले तिमी तर्केको अनुभूत त गरेको थिए तर मेरो सोचाइ यति पर भने पुग्न सकेको रहेनछ भनेर उठ्न खोजे । उनले मेरा हात तान्दै अब उनी र ममा सुजबुझ भइसकेको छ अतः तिमीलाई म उनीसँग आज कलेज जाँदा चिनाउँछु भने । मैले हाँस्दै भाउजुसँग प्रत्यक्ष कुरा हुनेभयो त ? भनेर जिस्काए । उनले मुस्काउँदै भन न ! तिमी भाउजु भन्ने पहिलो व्यक्ति हुने छौ भने । म ढोकाबाहिर पुग्न लाग्दा फेरि उनले बरू खाना चाँडै गर है ! हामी सधैं निस्कने समयभन्दा पैतालीस मिनट अगाडि निस्कनुपर्छ । म लिन आउँछु भने । तिमी–हामी निस्कने समयमा त हामी सधँै कलेज पुगिसकेका हुन्छौ आजकल भने । मैले प्रेममा घडी चाँडै चल्छ नै भनेर हाँस्दै बिदा भएँ ।
म डेरामा आइपुग्दा मैना दिदीले लगभग खाना बनाइसकेको रहेछ । मलाई देख्ने वित्तिकै उनले खाना कतिखेर खाने ? म आज अलिक चाँडै गएर चाडै आउँछु भनिन् । उनको भनाइलाई मैले तुरुन्त खाना नखाए उनी अहिले जाने र साथीहरू कलेजबाट फर्किएर खानाखाएपश्चात् एकै पटक धन्दा गर्ने अर्थमा लिएँ र तुरुन्त खाना खाने भनेँ । उनले मलाई हतार-हतार खाना दिन थालिन् । उनले हतार गरेको देखेर दिदीले आज धेरै हतार गर्नुभयो त किन ? मैले सोधेँ । उनले सासु आउनु भएको छ, त्यसैले एक्छिन् अस्पताल पुगेर आउनुछ भनिन् र मलाई तरकारी थप्न थालिन् । मैना दिदीलाई हामी चारजना कोठामा सँगै बस्ने साथी मिलेर महिनाको पच्चीस रुपयाँ तिर्र्छौ त्यसको बदलामा उनी हामीलाई बिहान बेलुकाको खाना बनाएर धन्दासमेत गरिदिन्छिन् ।
मैले हतार-हतारमै खाना खाएँ र कलेज जान बाहिर निस्किएँ । विष्णु पनि मलाईसँगै लैजान आइपुगे र हामी बाटो लाग्यौ । अलिक परपुग्दा तिनै केटी एउटा पुस्तक पसलमा उभिएको देख्यौ । सायद विष्णुको साथमा मलाई देखेर होला उनले नदेखेको अभिनय गरिन् । उनको अभिनय बुझेर विष्णु नजिकै गए र जौ हिँड भने उनले मलाई फुलुक्क हेरिन् र बाटो लागिन् । बाटाभरि उनीहरू चार कदमपछि र म अगाडि भएर टुकुचाको पुलसम्म पुग्यौ । पुल तरेपछि विष्णुले हामी एकछिन् बसौँ न भनेर बायाँतर्फको रेष्टुरेन्ट देखाए केटी अलिक हतार गरेर रेष्टुरेन्टभित्र पसिन् । हामी एउटा टेबल ओगटेर बस्यौ विष्णुले चियाको अडर गरे । मैले चारैतिर आँखा दौडाएँ त्यहाँ अरू टेवलमा पनि केटा केटीहरू खासखुस गर्दै चिया पिउँदै रहेछन् । यो देखेर मलाई होटलको नाम परिवर्तन गरेर प्रेमीहरूको कुनु राख्न होटल मालिकलाई सुझाव दिने विचार आयो । यो कुरा विष्णुलाई भनेँ उनले हास्दै रोजितातिर हेरेर चारैतिर हेर्दा त त्यस्तै लाग्छ भने । रोजिताले केही बोल्नुको साटो मुसुक्क हासेर मौन उत्तर दिइन् ।
फोटा खिचेँपछि उनीहरू मबाट अलग्गिएर झाडीको ओझलमा अलप भए । म एक्लै एक्छिन् त्यो घना जंगलभित्र मृग र बाँदरका हुलमा रमाए । निष्पट्टको वनभित्र कतिबेर रमाउन सकिन्छ र ? केही समयपछि सोँचे अब मेरो के काम ? विष्णुले जुन प्रयोजनका लागि मलाई ल्याएका थिए सायद त्यो पूरा भयो ।
विष्णुले म तिर फर्किएर मेरो नाम आकाश शर्मा भनेर उनकी प्रेयसीलाई चिनाउँदै परिचयको सिलसिला सुरु गरे र मलाई आफ्नो अनन्य मित्र भनेर घोषणा गरे । उनले गरेको मेरो तारिफमा म पुलकित हुँदै अतिभयो भने । उनले फेरि प्रेयसीतिर फर्किएर उनका पनि तारिफ गर्दै मेरी प्रेयसी र अविभावक रोजिता उप्रेती भनेर परिचय गराउँदै तिम्री भाउजु भने । भाउजु सम्बोधनमा आँखी भौँ खुम्च्याउँदै रोजिता मुस्कुराइन । हाम्रा चियाका ग्लासहरू रित्तिएकाले मैले बिदा भएर उनीहरूलाई गफ गर्ने मौका दिने सोच बनाएँ र बिदा मागेँ । सायद मेरो अभिप्राय बुझेर होला रोजिताले होइनसँगै निस्कने नि कक्षा सुरु हुने बेला भयो भनेर विष्णु तिर हेरिन् । विष्णुले त्यस्तो गोप्य केही छैनसँगै निस्कौला न रत्नपार्कसम्म त सँगै भइन्छ नि भनेर मलाई रोके । म दुई प्रेमीका बीचमा सायद कवाफ हड्डी त हुइँदैन ! सोँचमा संकुचित हुँदै बसेँ ।
केही दिनपश्चात् विष्णु मेरो कोठामा आएर मलाई कतै घुम्न जाउँ है भने । मैले हुन्छ भन्नासाथ तिमीसँग क्यामरा छ नि ? भनेर प्रश्न गरे । मैले छ न त छ तर मेरो होइन भनेर भरिसक्य क्यामरा ननिकाल्ने विचार गरेँ । मेरो क्यामरा ननिकाल्ने आशय बुझेर उनले तत्काल जसको भए पनि काम चल्यो भने भै हाल्यो भनेर आफ्नो समस्याको समाधान भएको संकेत गरे । वास्तव क्यामरा मेरो निकटतम् मित्र बुद्धि राईले कुनै लाहुरेका छोरासँग मागेर मलाई मेरी आमा घुम्न आएको मौकामा पाँच-सात दिनका लागि कसैलाई नदिने र केही भएको खण्डमा तिर्ने सर्तमा उपलब्ध गराइदिएको थियो । बुद्धिले क्यामरा दिँदै गर्दा केही भयो भने केटा घरखेत जान्छ नि ! समेत भनेर सतर्क गराएको थियो । वास्तवमा हाम्रा लागि एशिका डी क्यामरा झुन्ड्याएर हिँड्नु सामान्य कुरा होइन पनि ।
मैले बिदाको दिन भएकाले विष्णुको कुरा काट्न सकिन, खाना खाएर हामी निस्कियौ । डिल्ली बजार पिपल बोट पुग्दा रोजिता टुप्लुक्क अगाडि देखा परिन् । मैले विष्णुलाई भाउजु यहाँ हुनुहँुदो रहेछ भनेर हाँस्दै देखाएँ । विष्णुले हो आज हामी गोकर्ण जाने भनेर तिमीलाई मैले बोलाएको भने । प्रेमी–प्रेमीकाको एकान्त घुमाइमा मेरो के प्रयोजन ! मलाई साथ लगेकोमा भाउजु रिसाउनु त हुन्न तिमीसँग ? मैले जिस्किएझैँ मेरा मनको संकोच पोखेँ । विष्णुले होइन हामी दुवैले केही दिनपूर्व नै गरेको निर्णय हो भने र मेरो आशंकालाई निवारण गरे । हामीलाई देख्ने वित्तिकै भाउजुले एउटा टेक्सी बोलाएर त्यसमा बस्नुभयो । त्यो देखेर विष्णुले हेरन नारीहरू कति सतर्क हुन्छन् एकै पटक चढेको कसैले नदेखोस् भनेर टेक्सीमा बसिन् भनेर नारी प्रसंशाका नाममा प्रेमीकाको प्रसंशा गरेँ ।
हामी सरासर गएर रोजिता बसेको टेक्सीमा बस्यौ । म अगाडि बसेँ, विष्णु र भाउजु पछाडि । हामी गोकर्ण नपुञ्जेलसम्म बीचबीचमा विष्णु र रोजिता भाउजुका गुनगुनाहटमा ड्राइभर म तिर हेर्दै मुस्कुराउँछ र बेलाबेला अगाडिको सिसाबाट चियाउने यत्न गर्छ । उसको यो कृत्यमा मलाई एकप्रकारको रमाइलो अनुभूत भइरहेको छ । मैले पछाडिबाट आएको विष्णु र रोजिताको गुनगुनाहटलाई कमलका फूलका छेउमा घुम्दै रमेको भ्रमराको गुञ्जनका रूपमा लिएँ र त्यसलाई स्वभाविक मान्दै एकप्रकारको आश्वादको अनुभूत गरिरहेँ । यसबीचमा मैले ड्राइभरसँग परिचय गरेँ । उनी सिन्धुपाल्चोकका रामबहादुर तामाङ रहेछन् । हामी हिँड्न थालेको करिब चालिस मिनटमा टेक्सी दक्षिण ढोकाबाटभित्र पस्यो ग्रावेल बाटोबाट केही अगाडि बढ्यो र रोकियो । विष्णुले गाडीलाई डेड घण्छापछि आउने गरी बिदा दिए । रामबहादुरले म अस्तिकै जस्तो बाहिर चिया पसलमा हुन्छु भन्दै गाडी घुइक्याए । उनको यो भनाइबाट मैले थाहा पाएँ विष्णु र रोजिता यहाँ पहिले पनि आइसकेका रहेछन् ।
यसैबेला विष्णुले मैले गलामा झुन्ड्याइ रहेको क्यामरातर्फ हात बढाए । उनको आशय बुझेर मैले क्यामरा निकालेर दिएँ । हातमा क्यामरा पर्नासाथ उनले भाउजुका पाँच–सात थान फोटा खिचेँ । नाई पर्दैन भन्दै भाउजुले पोज साथ फोटा खिचेको देख्ता यिनीहरूको प्रेम परिपक्व भएको आभाष भयो मलाई । विष्णुले यसबीचमा मेरा दुई–चार फेटा खिचे र क्यामरा मलाई नै दिएँ । मैले विष्णुका केही फोटा र उनीहरूका संयुक्त फोटा खिचिदिएँ । फोटा खिचेँपछि उनीहरू मबाट अलग्गिएर झाडीको ओझलमा अलप भए । म एक्लै एक्छिन् त्यो घना जंगलभित्र मृग र बाँदरका हुलमा रमाए । निष्पट्टको वनभित्र कतिबेर रमाउन सकिन्छ र ? केही समयपछि सोँचे, अब मेरो के काम ? विष्णुले जुन प्रयोजनका लागि मलाई ल्याएका थिए सायद त्यो पूरा भयो । मैले उनीहरूलाई एकान्त वार्तालापका लागि छोड्न उचित ठाने र विष्णु मलाई तिर्खा लाग्यो म पानी पिएर आउँछु भन्दै मैले बिदा मागे । मेरो यो भनाइ उनीहरूले सुने वा सुनेनन् मैले मतलब राखिन । मलाई खाली विष्णुको ल भनेको आवाज सुनेझँै लाग्यो । यसबेला मैले सायद यो मेरो भनाइ उनीहरूका लागि ‘केखोज्छस् कानो आँखो’ सदृश भयो होला ! भन्ने सोच्दै तातो घाममा लख्रक–लख्रक फर्किएँ र ड्राइभर दाइ बसेको होटलमा पुगेँ । क्रमशः-







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच