झापा । झापाको दमकमा दुईजना व्यक्ति मृत फेला परेका छन् । एकजना आश्रीत हुन् भने अर्को व्यक्तिको परिचय खुलेको छैन ।
दमक नगरपालिका-६ पूर्व बस स्टेसनको स्वामीको रुखमुनीको चौतारोमा एक व्यक्ति मृत फेला परेको दमक प्रहरीले जनाएको छ । सुतेको अवस्थामा मृत भेटिएका व्यक्ति ६५ / ६६ वर्षको हुन सक्ने जनाइएको छ । शवको दमक अस्पताल दमकमा पोष्टमार्टम गरिएको छ ।
त्यसैगरी केहीदिन अघिदेखि दमक-२ को मानव उद्दार सेवा आश्रममा रहेका डम्बरबहादुर दमाई सुतेकै मृत भेटिएका छन् । उनलाई असोज ७ गते कमल गाउँपालिका-६ काँटाचोकबाट उद्दार त्यहाँ लगिएको थियो ।
उद्दार गरेर आश्रम लगिएको २३ दिन पछि उनी ओछ्यानमै मृत भेटिएका हुन् । शवको पोष्टमार्टम दमक अस्पताल दमकमा गरिएको छ । दुबै शव बुझ्न कोही पनि नआएको बताइएको छ । प्रहरीले आफन्त खोजेर शव बुझाउने कोसिस गरिरहेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच