झापा । झापाको गौरादह नगरपालिका -९ खजुरबारी झोडागाउँका तीन नबालिकाको स्थानीय किस्ने खोलामा डुबेर आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्जु मगरकी ९ वर्षीया छोरी स्वीकृती मगर, ७ वर्षीया छोरी शुष्मा मगर र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी परियार रहेको वडाध्यक्ष उपेन्द्र निरौलाले बताउनुभएको । घटना दिउँसो १ बजेतिरको हो । अहिले तीनैजनाको शव मोष्टमार्टमका लागि दमक पठाइएको छ ।
खोलामा ठूला मानिसले माछा मार्ने गरेको र उनीहरू पनि त्यही देखेर माछा मार्न गएका थिए । माछा मार्ने गरेको खोलाका दह गहिरो रहेको र त्यही डुबेर उनीहरू मृत्यु भएको वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो ।
श्रीमानको मृत्यु पछि अञ्जु बुबा गणेशबहादुर मगर (माइत) बस्दै आउनु भएको थियो । उनीसँगै दुई नाबालिक छोरी पनि मावलमा नै बस्दै आएको वडाध्यक्ष निरौलाले बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच