इंग्ल्याण्ड । इंग्ल्याण्ड फुटबल संघ (द एफए) ले चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्कालाई एक खेलको प्रतिबन्ध र आठ हजार पाउण्ड जरिवाना गरेको छ । गत आइतबार प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको रोमाञ्चक खेलमा ९५औँ मिनेटमा चेल्सीले निर्णायक गोल गरेपछि मारेस्का आफ्ना खेलाडीहरूसँग उत्सव मनाउन प्राविधिक क्षेत्र (टेक्निकल एरिया) छोड्दै मैदानतर्फ दौडिनुभएको थियो । त्यस क्रममा रेफ्री एन्थोनी टेलरले उहाँलाई दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाउनुभएको थियो ।
द एफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मारेस्कालाई खेलका क्रममा अनुचित व्यवहार गरेको र अपमानजनक शब्द वा हाउभाव प्रयोग गरेको आरोप लगाइएको थियो । उनले सो आरोप स्वीकार गरेका छन् ।’
यस कारबाहीसँगै मारेस्का अब नटिङघम फरेस्टविरुद्धको आगामी खेलमा टचलाइनमा उपस्थित हुन पाउनुहुने छैन । यो कारबाहीसँगै मारेस्काको प्रिमियर लिग करियरमा यो दोस्रो प्रतिबन्ध हो । यसअघि, उहाँले गत अप्रिलमा फुलहमविरुद्धको खेलमा उत्सव मनाउने क्रममा सिजनको तेस्रो पहेँलो कार्ड पाउनुभएको थियो, जसका कारण एक खेलका लागि निलम्बनमा पर्नुभएको थियो ।
मारेस्का सन् २०२४ को जुन महिनामा चेल्सीका मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । इटालियन प्रशिक्षक मारेस्काको शैली र भावनात्मक प्रतिक्रिया मैदानमा धेरै चर्चित रहँदै आएको छ । एजेन्सी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच