जुम्ला । जुम्ला फुटबल क्लब (एफसी) ले जिल्लाको तातोपानी गाउँपालिकामा सञ्चालन भएको खुला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । एचवान युवा क्लब हाँकुलाई २-१ ले हराउँदै जुम्लाले उपाधि जितेको हो ।
प्रतियोगितामा प्रथम हुने जुम्ला फुटबल क्लबले एक लाख एक हजार १११ रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एचवान युवा क्लबले ५१ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गिडिदह युवा क्लबका अध्यक्ष गणेश जैशीले बताउनुभयो ।
खेलकुद क्षेत्रलाई विकास गर्नका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजनदेखि भौतिक पूर्वाधारमा जोड दिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनुभयो । उक्त प्रतियोगितामा जिल्लाका ३३ क्लबहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच