काठमाडौं । फ्रिडम फाइटर ‘बी’ ले पाँचौं वडाध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा चाबहिलमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा फ्रिडम ‘बी’ ले चाबहिल स्पोट्र्स क्लब ‘ए’ लाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको पहिलो हाफमै कन्या गुरुङले निर्णायक गोल गर्दै फ्रिडमलाई जित दिलाउनुभएको थियो । उत्कृष्ट प्रदर्शनका लागि विजेता टोलीका नरकुमार राई फाइनल खेलको ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । उपाधिसँगै फ्रिडम ‘बी’ ले एक लाख रुपैयाँको नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता चाबहिल स्पोट्र्स क्लब ‘ए’ ले ५० हजार रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको उपाधि विजेता टोलीकी कन्या गुरुङले जित्नुभयो । त्यसैगरी, चाबहिल ‘ए’ का रोशज शाही उत्कृष्ट मिडफिल्डर, सचिन श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सगुन श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित हुनुभयो । उत्कृष्ट चारै खेलाडीलाई जनही पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।
विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष विराजजंग शाही, वडा नं. ७ का अध्यक्ष विमलकुमार होडा, वडा सदस्य एवं प्रतियोगिता संयोजक सुरेश शाहीलगायतका अतिथिहरूले एक विशेष समारोहका बीच पुरस्कार वितरण गरेका थिए । असोज २५ गतेदेखि सुरु भएको सिक्स-ए-साइड स्वरूपको नकआउट प्रतियोगितामा विभिन्न २० टिमले सहभागिता जनाएका थिए ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच