काठमाडौं । सन् २०३० को कमनवेल्थ गेम्स भारतको अहमदाबादमा आयोजना हुने भएको छ । कमनवेल्थ गेम्सको कार्यकारी बोर्डले आगामी संस्करणको आयोजना स्थलका रूपमा अहमदाबादलाई छनोट गरेको हो ।
अन्तिम निर्णय आगामी नोभेम्बर २६ मा स्कटल्याण्डको ग्लासगोमा हुने बोर्ड बैठकबाट औपचारिक रूपमा पुष्टि गरिनेछ । कमनवेल्थ गेम्स फेडरेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमनवेल्थ गेम्स-२०३० को आयोजनाको जिम्मेवारी भारतको अहमदाबादलाई प्रदान गरिएको छ ।’
भारतले यसअघि सन् २०१० मा दिल्लीमा कमनवेल्थ गेम्सको सफल आयोजना गरेको थियो । त्यसपछि दोस्रोपटक भारतमा यो प्रतिष्ठित बहुदेशीय खेल प्रतियोगिता हुन लागेको हो । सन् २०२६ को कमनवेल्थ गेम्स स्कटल्याण्डको ग्लासगोमा हुनेछ । सो संस्करणमा करिब तीन हजार खेलाडी सहभागी हुने र ७४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल १० खेल विधा समावेश गरिएका छन् ।
कमनवेल्थ गेम्स २०२६ मा समावेश खेलहरू
एथलेटिक्स तथा पारा एथलेटिक्स (ट्र्याक र फिल्डमात्र)
पौडी
कलात्मक जिम्नास्टिक्स
ट्रायक साइकलिङ र पारा ट्र्याक साइकलिङ
नेटबल
भारोत्तोलन तथा पारा भारोत्तोलन
बक्सिङ
जुडो
बाउल्स तथा पारा बाउल्स
‘थ्री बाई थ्री’ बास्केटबल र ‘थ्री बाई थ्री’ ह्विलचेयर बास्केटबल
अहमदाबादले भारतको खेल पूर्वाधार र अन्तर्राष्ट्रिय आयोजना क्षमताको नयाँ आयाम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । स्थानीय सरकारले खेल गाउँ, आधुनिक स्टेडियम र परिवहन संरचनाको तयारी तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच