नेपालगञ्ज । नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनशिप-२०२५ आयोजना गर्न लागेको छ । प्रतियोगिता कात्तिक १४–१५ गते नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा हुने क्लबले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
क्लब अध्यक्ष केशवराज न्यौपानेका अनुसार प्रतियोगितामा देशभरका २०० बढी खेलाडीको सहभागिता रहनेछ । विद्यालय लक्षित प्रतियोगितामा आठ, १०, १२, १४, १७ वर्ष समूहका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने खुला उमेर समूह पनि समावेश छ । कुनै पनि संघ-संस्था वा क्लबले संस्थागत रुपमा सहभागिता जनाउन पाउनेछ ।
अन्डर आठ उमेर समूहका खेलाडीहरूले २५ मिटर, अन्डर १० उमेर समूहलाई ५० मिटर, अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर र खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दूरीका विभिन्न विभिन्न ५६ वटा इभेन्टमा हुने छन् ।
प्रतियोगितामा ५६ वटा इभेन्ट रहनेछन् । बाँके बाहेकका खेलाडीका लागि प्रतियोगिता अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीले जानकारी दिनुभयो । नेपाल पौडी संघको केन्द्रीय वार्षिक क्यालेन्डर अनुसार आयोजित प्रतियोगितामा राष्ट्रिय रेकर्डको मान्यता प्राप्त हुनेछ र उत्कृष्ट पुरुष तथा महिलालाई पुरस्कार प्रदान गरिने प्रशिक्षक चन्दुराम चौधरीले बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच