पोखरा । पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रियस्तरको इभेन्ट नै हुने गरेको छ । साक यान्त मुवाथाईले पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘द कन्टेन्डर फाइट सिरिज’ को आयोजना गर्दै आइरहेको छ । सोही आयोजकले अब भने मुवाथाईसँगै पछिल्लो समयमा चर्चामा आउन थालेको एमएमए (मिक्स मार्सल आट्र्स) को समेत आयोजना गर्ने भएको छ । जुन गण्डकी प्रदेशमा नयाँ अनुभव र केजमा हुनेछ ।
तेस्रो संस्करणको सिरिज आगामी पुसको १०, ११ र १२ मा हुँदैछ । पहिलो र दोस्रो संस्करणको सफलतापछि तेस्रो संस्करणको आयोजना मिति तोकिएसँगै गण्डकी प्रदेशमै पहिलोपटक केज फाइट हुने भएको छ । पर्यटकीय राजधानी पोखरामा मार्सलआर्टका समर्थक र पर्यटकलाई थप आकर्षणका रूपमा केज फाइट हुने विश्वास लिइएको छ ।
प्रतियोगिता संयोजक खगेन्द्र क्षेत्रीका अनुसार एमएमए फाइटमा नयाँपन दिनका लागि तेस्रो संस्करण केजमा गराउने तयारी भएको हो । ‘फाइट नाइट आफंैमा रोमाञ्चक खेल हो । पोखरा पर्यटकीय राजधानी भएकाले हामीले पर्यटन प्रवद्र्धनका लागि नै केज फाइट गर्न लागेका छौं,’ उहाँले भन्नुभयो, ‘सम्भवतः यो गण्डकी प्रदेशकै पहिलो केज फाइट हुनेछ । हामीले विदेशमा केज फाइट भएको टिभी वा अहिले सोसल मिडियामा हेरिरहेका छौं तर अब त्यो पोखरामै हेर्न पाइनेछ ।’
आगामी पुसको दोस्रो साता लेकसाइडमा हुने प्रतियोगितामा अहिलेसम्म विभिन्न राष्ट्रका फाइटरले सहभागिता जनाइसकेका छन् । नेपालसहित हालसम्म स्पेन, पाकिस्तान, भारत, श्रीलंकालगायतका राष्ट्रको सहभागिता रहेको छ । विश्वभर व्यावसायिक मार्सल आट्र्सका उत्कृष्ट स्वरूपमध्ये एक मानिने एमएमए (मिक्स मार्सल आट्र्स) यसपटक पोखरामै प्रत्यक्ष हेर्न पाउने क्षेत्रीले बताउनुभयो । प्रतियोगितामा प्रवेश निःशुल्क गरिएको उहाँले जानकारी दिनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच