काठमाडौं । चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’ सम्पादनको चरणमा प्रवेश गरेको छ । हालै करिब २८ दिनसम्म दाङ र काठमाडौंमा छायांकन सकिएको यो चलचित्र बुधबारबाट सम्पादकीय कार्यमा जुटेको निमार्णपक्षले जनाएको छ । जानकी पन्त जुनको डेब्यु निर्देशनमा तयार भइरहेको यस चलचित्रको सम्पादन सन्देश शाहले गरिरहनुभएको छ ।
सपना देख्ने आँट, चुनौतीलाई अवसरमा बदल्ने हिम्मत र आत्मविश्वासको कथालाई आधार बनाइएको चलचित्रलाई निर्देशक पन्तले ‘एक सपना, संघर्ष र आत्म अभिव्यक्तिको धरोहर’ भन्नुभएको छ । च्लचित्र कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका निर्माता विष्णु पन्त शर्मा आचार्य हुनुहुन्छ भने सह-निर्माता चक्रबहादुर बराल रहनुभएको छ । कार्यकारी निर्माता रंग पत्रकार तथा रेडियो प्रस्तोता भोला सुवेदी (आर्जे प्रणव) हुनुहुन्छ, जसले यसअघि शैक्षिक विषयमा आधारित चलचित्र ‘ज्ञान शास्त्र’ निर्माण गर्नुभएको थियो । सुवेदीका अनुसार चलचित्र ‘कुमुदे हिँड्यो हिरो बन्न’मा एक युवाको हिरो बन्ने संघर्ष, सपनाको यात्रा र रंग पत्रकारिताबाट संकलित यथार्थ घटनाहरूलाई पर्दामा उतार्ने प्रयास गरिएको छ ।
चलचित्रमा प्रमुख भूमिकामा कुमुद पन्त हुनुहुन्छ भने ऋचा थापा र रबिना परियार मुख्य अभिनेत्रीका रूपमा हुनुहुन्छ । साथमा विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पीताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती विकलगायतका कलाकारको अभिनय छ । पोखरा र काठमाडौंका रमणीय स्थानहरूमा छायांकन गरिएको यस चलचित्रमा प्रयुश दत्त सुवेदी, काव्यरस रिजाल, युनिश घिमिरे, युनिका खत्रीलगायत बाल कलाकारको पनि अभिनय छ ।
निर्देशक पन्तका अनुसार चलचित्र बायोपिक र सत्य घटनामा आधारित छ, जसले नेपाली सिनेमामा नयाँपन र यथार्थको स्वाद ल्याउने अपेक्षा गरिएको छ । चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, विपिन आचार्य र ओम सुनारको संगीत र उत्तमप्रसाद अधिकारीको सहनिर्देशन छ । चलचित्र आगामी वर्ष २०८३ मा प्रदर्शन हुने जनाइएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि