जुम्ला । खस भाषाको संरक्षण र प्रवद्र्धनका उद्देश्यले तयार पारिएको ‘खसिया आखर’ (खस भाषा शब्दकोश) सुर्खेतमा लोकार्पण गरिएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा प्रकाशित उक्त शब्दकोशको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा गरिएको हो ।
खस, नेपाली र संस्कृत भाषाका विद्वान् संस्कृतिविद् रमानन्द आचार्यद्वारा १५ वर्षको मिहिनेतमा तयार पारिएको उक्त शब्दकोशमा करिब १३ सय पृष्ठ र ४० हजार शब्द समावेश छन् । आचार्यका अनुसार खसिया आखर खस भाषाको गरिमा र महिमा बढाउने लिखित आधारस्तम्भको रूपमा तयार गरिएको कृति हो ।
लोकार्पण समारोहमा बोल्दै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले खस भाषा नेपाली भाषाको मातृभाषा भएकाले यसको जगेर्ना र पुस्तान्तरणका लागि यो शब्दकोश मिलका पत्थर बन्ने बताउनुभयो । उहाँले भाषा र संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै खस भाषा स्थानीय तहका पाठ्यक्रममा समावेश गरी शिक्षामा प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
सो अवसरमा प्राध्यापक डा.माधव प्रसाद शास्त्रीले शब्दकोश प्रकाशनलाई कर्णालीको गौरव बढाउने काम भएको भन्दै लेखकको योगदानको प्रशंसा गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य डा.मधुसुदन गिरीले कर्णालीका सांस्कृतिक सम्पदाको संरक्षणका लागि अभियान आवश्यक रहेको बताउँदै खसिया आखरले खस भाषा अध्ययनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच