काठमाडौं । जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल घोषणा गर्ने हुनु भएको छ ।
शनिबार दिउँसो १ बजे काठमाडौंको होटल एभरेस्टमा पत्रकार सम्मेलन गरी नयाँ दलको घोषणा गरिने ढुंगानाले बताउनु भएको छ ।
टिकटकमार्फत सार्वजनिक भिडियो सन्देशमा ढुंगानाले अहिलेको राजनीतिक परिस्थितिले नयाँ दल खोल्नै पर्ने अवस्था आएको बताउनु भएको छ । उहाँका अनुसार दल गठनका लागि वार्ता समिति गठन भई तयारी सुरु भइसकेको छ।
“राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी अहिलेको अवस्थामा निर्वाचनमा जान्छौं,” ढुंगानाले भन्नुभएको छ, “जबसम्म हाम्रो बटमलाइन -प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा रहेका नेपालीलाई भोट अधिकार र नागरिक तहको भ्रष्टाचार नियन्त्रण निकाय -सुनिश्चित हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौं।”
भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’लाई ऐतिहासिक परिवर्तनको सुरुवात भन्दै ढुंगानाले आन्दोलन अझै शान्तिपूर्ण रूपमा निरन्तर रहने बताउनु भयो ।
उहाँका अनुसार “देशको मुहार फेर्ने यो अभियान लामो समयसम्म फर्किएर नआउने” भएकाले देशको विकास चाहने सबै नागरिकलाई यस अभियानमा सहभागी हुन आह्वान गरिएको छ।
“देश गम्भीर अवस्थामा छ, ७८ जना नेपालीले ज्यान गुमाएका छन्। अहिले देशले निकास खोजिरहेको छ, र त्यसमा हामी जिम्मेवार भएर निकास दिलाएरै छाड्नेछौं,” ढुंगानाको भनाइ छ।
ढुंगानाले कात्तिक १ गते एभरेस्ट होटलमा प्रेस मिट गर्ने जानकारी पनि दिनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच