काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तरगत सामोआसँग विरुद्धको अन्तिम खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भर्खरै भएको टसमा सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
आजको खेल जितेमा नेपाल अपराजित रहँदै उत्त प्रतियोगिताको च्याम्पियन बन्नेछ। छनोटका समूह चरण र सुपर सिक्समा नेपाल एक मात्र अपराजित टोली हो। यता सामोआले सुपर सिक्समा कुनै खेल जितेको छैन।
नेपाली टोलिमा कप्तान रोहित पौडेल सहितआसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, दीपेन्द्रसिंह ऐरि, आरिफ शेख, गुल्सन झा, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी छ्न ।
सुपर सिक्समा नेपाल ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ। यूएईले सबै खेल सकिसकेको छ भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ।
नेपालले आज सामाओलाई हराउन सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि आफ्नो बनाउनेछ। यसअघि यूएईविरुद्धको रोमाञ्चक खेलमा १ रनको जित निकाल्दै नेपालले ऐतिहासिक विश्वकप प्रवेश सुनिश्चित गरेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच