काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआविरुद्ध २१२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो। नेपालको पारीमा आसिफ शेख ४१ बलमा ६९ रन र दीपेन्द्रसिंह ऐरी ३३ बलमा ५३ रन बनाए। अन्य खेलाडीमध्ये कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए। कप्तान रोहित पौडेल १२ बलमा २१ रन र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे।
नेपालले यो खेल जितेमा छनोटको ट्रफी जित्ने अवसर पाउनेछ। यस छनोटबाट नेपाल, ओमान र युएईले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपको लागि स्थान सुनिश्चित गरिसकेका छन्।
सुपर सिक्सको अन्तिम खेल जित्दै नेपालले अपराजित रूपमा समूह विजेता भएर प्रतियोगिताको च्याम्पियन बन्न सक्ने छ।
समूह चरणमै जापानलाई पराजित गर्दै सुपर सिक्समा दुई अंक ल्याएको नेपालले यूएई, ओमान र कतारलाई पराजित गर्दै ८ अंकसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच