काठमाडौं । अष्ट्रेलियाको ब्रिसबेनमा भइरहेको विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपालका अजित मगरले कास्य पदक जित्नुभएको छ । उदयपुर गाईघाटका मगरले यस प्रतियोगितामा के १ विधाअन्तर्गत ७९ केजी तौल समूहमा पदक जितेको प्रशिक्षक म्याक्स बस्नेतले जानकारी दिनुभयो ।
अजित मगरले क्वार्टरफाइनलमा स्पेनी खेलाडीबाट बाई पाउनुभएको थियो । र, सेमिफाइनलमा उहाँ अष्ट्रेलियाली खेलाडीसँग अंकमा हार्नुभयो । सेमिफाइनलमा पराजित भएपछि नेपालका लागि एवाइएस विश्व च्याम्पियनसिपमा कास्य पदक जित्ने पहिलो नेपाली खेलाडी बनेको बस्नेतले जानकारी दिनुभयो ।
नेपालका उमंग खत्रीले पनि ५१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । प्रतियोगिता सम्पन्न भएपछि दुवै खेलाडीले अष्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिने बताएका छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच