काठमाडौं । हरि हजुर थापा नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानमा नियुक्त हुनुभएको छ । बंगलादेशमा हुने काभा मेन्स नेसन्स कप भलिबलका लागि नेपाल भलिबल संघले सेटर थापालई नयाँ कप्तान नियुक्त गरेको हो । त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्ने हरि हजुर दोस्रो पटक नेपालको कप्तान बन्नुभएको हो । उहाँले यसअघि २०८० सालमा पनि नेपालको कप्तानी सम्हाल्नुभएको थियो ।
नेपाल भलिबल संघको शुक्रबार बसेको ५८औं कार्यसम्पादन कमिटीको बैडकले मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकहरुको सुझाव अनुसार थापालाई कप्तान चयन गरेको जनाएको छ ।
यस्तै श्रीलंकामा हुने काभा यु १९ महिला भलिबलका लागि जेनिशा विकलाई कप्तान चयन गरिएको भलिबल संघले जनाएको छ । जेनिशाले गतवर्ष माल्दिभ्समा भएको काभा यु २० महिला भलिबलमा पनि नेपालको कप्तानी गर्नुभएको थियो । यसअघिका कप्तान मानबहादुर श्रेष्ठले २०८० कात्तिकमा सन्न्यास लिएपछि नेपाली पुरुष भलिबल टिम कप्तानविहीन थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच