काठमाडौं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि अष्ट्रेलियन ब्याटर डार्सी सर्टलाई बिहीबार अनुबन्ध गरेको छ । देब्रेहाते ब्याटर सर्टले अष्ट्रेलियाबाट आठ एकदिवसीय र २० ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसक्नुभएको छ । त्यसक्रममा एकदिवसीयमा एक र ट्वान्टी-२० मा चार अर्धशतक बनाउनुभएको थियो ।
अष्ट्रेलियाको प्रतिनिधित्व गरिसक्नुभएका डार्सीलाई टिममा अनुबन्ध गर्न पाउँदा एकदमै उत्सही भएको लायन्सले जनाएको छ । उहाँको ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ११८ र सबैखाले ट्वान्टी-२० मा १३० भन्दा माथिको स्ट्राइकरेट छ ।
उहाँ देव्रेहाते स्पिन बलिङ पनि गर्नुहुन्छ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा लायन्सले मंसिर १ देखि हुने दोस्रो संस्करणका एनपिएलमा खेल्नेछ । डार्सीसँग इण्डियन प्रिमियर लिग (आईपीएल), बिगबास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ ।
उहाँले सन् २०१८ मा आईपिएलमा राजस्थान रोयल्सबाट खेल्नुभएको थियो । ३५ वर्षीय उहाँको आगमनले टिमको ब्याटिङलाइन थप मजबुत हुने अपेक्षा लुम्बिनीको अपेक्षा छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच