काठमाडौं । नेपाली बजारमा टेक्नो ब्राण्डको नयाँ स्मार्टफोन ‘स्पार्क गो टु’ भित्रिएको छ । कम्पनीले शुक्रबार बजेट सेग्मेन्टमा केन्द्रित उक्त फोन विभिन्न तीन भेरियन्टमा सार्वजनिक गरेको हो ।
तीन जिबी र्याम र ६४ जिबी स्टोरेजको मूल्य ११ हजार चार सय ९९ रुपैयाँ, चार जिबी र्याम र ६४ जिबी स्टोरेजको मूल्य १२ हजार चार सय ९९ रुपैयाँ र चार जिबी र्याम तथा १२८ जिबी स्टोरेज भएको टप भेरियन्टको मूल्य १३ हजार चार सय ९९ रुपैयाँ रहेको छ ।
तीन वर्षको वारेन्टी रहेको ‘टेक्नो स्पार्क गो टु’ मा फोटोग्राफीका लागि पछाडि १३ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । फोनमा नेटवर्क नभएको अवस्थामा पनि चार सय मिटर दूरीसम्म कल गर्न सकिने विशेष सञ्चार सुविधा पनि दिइएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच