सिर्जना आफैँमा संसार हो, संसार आफैँमा एक सुन्दर सिर्जना हो । भौतिक दृश्य, दृश्य संसारको रमझम आकर्षक होला तर क्षणिक हुन्छ, विनाशक हुन्छ र हुन्छ उन्मादित पनि । त्यसैले अन्तर चेतनाको उजागरमा लाग्ने मान्छे आफैँमा सन्तुष्ट हुन्छ, शान्त हुन्छ, सर्वव्यापक हुन्छ, सार्वजनिन हुन्छ र सार्वकालिक पनि । डक्टरी क्षेत्रमा शारीरिक मूर्तता रहने हुनाले असल भए प्रशंसित हुन्छ सानो समूहका लागि । कथं कतै झुक्किएर मानवीय त्रुटि हुनपुग्यो भने, हुने त्रुटि नै भयो भने पनि ऊ आलोचनाको पात्र त बन्छ नै भौतिक स्वरूपमै आक्रामक अवस्था सामु देखिन पनि सक्छ ।
स्वस्फुर्त सार्वजनिक बन्नसक्ने त कुरै भएन । पद र पैसा लालसीका हैसियतले कुन अवस्थामा पुग्छन् ती त विश्वभर देखिएकै कुरा हुन् । इञ्जिनियरिङ पनि भौतिक दृश्यजगतको मात्र सिर्जना हो । बढीमा चालीस÷पचास वर्षको आयू हुनसक्छ यिनको । त्यसपछि यी सिर्जना र यिनका स्रष्टाले सांसारिक जीवन्त रूपान्तरणबाट लोप हुनै पर्छ तर अक्षरको सिर्जना आफैँमा अनन्तताको प्रतीक हो, अखण्ड अमर ज्योतिको ज्वाला हो । म यो माथिल्लो सन्दर्भ विष्णु एस राईको अथाह कवित्व चेतलाई प्रासङ्गिक बनाएर गर्दै छु ।
असाध्य अन्तरमुखी झट्ट बाहिरबाट हेर्दा केही छैन झैँ लाग्ने, शारीरिक रूपले वयसाँध संसारको अस्ताचलमा पुग्न आतुर भएर पनि फुचेजस्तो लाग्ने यो व्यक्तित्व कवित्व शक्तिको वरदान जन्मजात बोकेर आएको बुझ्न हामी सजिलै सक्छौँ उनको कवित्वको अन्तर गहिराइसम्म पुग्ने मनोद्वेग बनाएर अध्ययनमा डुब्यौँ भने ।
सुदूर पूर्वको सुनौलो संसार स्रष्टाका लागि सिर्जनात्मक अग्रगतिको अनुपम स्थल हो । मन्द पवनमा हल्लिएका प्रेमका प्रतीक पातहरू र अग्ला पहाडका छाती चिरेर छङ्छङिएका जलतरङ्गका साङ्गीतिक धुनले स्पर्श गरेपछि साहित्यिक ऊर्जाको उचाइ जन्मजात प्रकृतिसँग अंशका रूपमा लिएर आएको छ भने व्यक्ति स्रष्टा सहजै उचाइ उक्लिन्छ नै । भन्नु त न हुने तर सत्य लुकाएर पनि नलुक्ने यथार्थको धरातलमा भएकाले यसर्थ नै नेपाली साहित्यको जग पश्चिमले राखे पनि सिसमहलका तला थप्ने काम पूर्वले नै गरेको छ । दार्जेलिङको सुरुको आवादी यसकै सर्वोच्च न्यायालय हो । यसै सेरोफेरोमा जन्मिएका विष्णु एस राई वास्तवमा नदेखिएको त्यस्तो धरोहर हो जसलाई कसैले ढाल्न खोजेर पनि ढल्नु त कुरै छाडौँ अझ मजबुत भएर अग्लन्छ ।
असाध्य अन्तरमुखी झट्ट बाहिरबाट हेर्दा केही छैन झैँ लाग्ने, शारीरिक रूपले वयसाँध संसारको अस्ताचलमा पुग्न आतुर भएर पनि फुचे जस्तो लाग्ने यो व्यक्तित्व कवित्व शक्तिको वरदान जन्मजात बोकेर आएको बुझ्न हामी सजिलै सक्छौँ उनको कवित्वको अन्तर गहिराइसम्म पुग्ने मनोद्वेग बनाएर अध्ययनमा डुब्यौँ भने । अन्तरमुखी व्यक्तित्व यसै पनि सिर्जनाको उर्वर र अपरिमेय संसार हो । कविता, निबन्ध र यात्रासंस्मणात्मक लेखनमा नागवेली नदीजस्तै स्वच्छन्दतावादी भावप्रवाहको बेजोड प्रस्तुतिमा शैलीगत भाषिक दृष्टिले चाहिँ माथिल्लो परिष्कारवादी नै देखिने विष्णु एस राई आफैँमा कला साहित्यका नामी धरोहर हुन् ।
यस्तो व्यक्तित्व नन् भाइरल अझ भन्ने हो भने लुप्तप्रायः हुनु, को हो विष्णु एस राई ? भन्ने प्रश्न चौडा नेपाली साहित्यजगत्मा रहनु अन्य साहित्यकारका त्रुटि नभएर स्वयं स्रष्टा राई नै यसका जिम्मेवार व्यक्ति हुन् । यो स्वार्थी दुनियाँमा, यो साहित्य सागरको अथाह अपरिमित निरन्तर बगिरहने जलप्रवाहमा कसैले कसैलाई खोज्छ वा खोजोस् भन्ने कुनै स्रष्टाका अन्तर मनमा रहन्छ भने त्यो आफ्नै मूर्खता हो । ‘म’ भएको अनुभूति मैले नै समाजलाई साहित्य समाजलाई गराउन सक्नु पर्दछ । यो गराउन नसक्नु विष्णु एस राईको अन्तरमुखी सामाजिक सन्दर्भमा घातक पनि स्वभाव नै कारक हो ।
हुन सक्छ घरायसी वातावरणको प्रतिकूलता, हुन सक्छ साथीसँगातीको गलत सङ्गतको घेरा, हुन सक्छ बेलामा भाइरल हुने वा खुला रूपले बाहिर निस्किने प्रयासको अभाव । जे भए पनि यी सबै आफ्नै कमजोरीका कारक हुन् । कारण सम्पूर्ण वातावरण निर्माणक आफ्नै उच्चमनोबल निर्णित हुनु पर्दछ । कसैले क्रेनले उचालेर सङ्कल्पित यात्रामा निरन्तर लगाइदिई रहँदैन । हुन सक्छ लामो समय भाइरल दुनियाँमा ननिस्केपछि अब के निस्किनुको लघुताभास पनि ।
गम्भीर दार्शनिक चेत भएको अत्यन्त अन्तरमुखी विष्णु एस राई नन भाइरल तर विशाल व्यक्तित्वको स्वरूप हो । अङ्ग्रेजी विषयको प्राध्यापन क्षेत्रलाई पेशा बनाएर अनेकौँ वसन्त पार गरिसकेको विष्णु एस राईको व्यक्तित्व भाइरल व्यक्तित्वभन्दा निकै माथिबाट चुलिएर अन्तर गहिराइसम्म तप्तपाएको छ । हुन सक्छ ब्राह्मण समाजको चहलपहलमा वा साहित्यकारहरूका अग्र चहकमा जातीय हीनताबोधको आभास भएर हो वा अन्य कुनै मनोवैज्ञानिक कारणले हो यो व्यक्तित्वको सागर जसरी बाहिर छचल्किनु पथ्र्यो मात्र होइन ढाँडभित्रबाट कुल्कलाउनसम्म पनि नसकेको पाइनु मेरा लागि दुःखद् कुरा हो ।
पूर्वीय पाश्चात्य दुवै भाषा, साहित्य, संस्कृति, रीतिरिवाज, चालचलन र बोलीव्यवहारसम्मबाट समेत अनभिज्ञ नरहेको राई व्यक्तित्व किन यति अस्पष्ट ? किन यति छुपेरुस्तम ? अझ उनकै मुखबाट कविता वाचन होस् वा निबन्ध पठन सुन्नेमात्र हो भने पनि अर्फियसले बाँसुरी बजाउँदा हावामा फर्फराएका रुखका पातसमेत मन्त्रमुग्ध भएर निश्चल निस्तब्ध रूपमा रहे झैँ जो कोही पनि चकित एवं स्तम्भित नभई रहन सक्दैन । कुनै साँध छैन बुझाइमा । न त देशको सीमा प्रशस्ती छ, न जातिको । न परम्पराका अन्धआँखाहरू छन् टपरे किरियावाज टुप्पीपालक सराद्धे बाहुन्हरू झैँ, न कुनै तोर्मा झुण्डिने संस्कारका छाप ।
यसै जातिले सर्व संस्कृति, सर्व धर्म, सर्व जाति, सर्व भूगोल, सर्व संस्कार संस्कृति समन्वयक विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ जस्तो औपन्यासिक कृति सार्वजनिक रूपमा जलाएर सानको अनुभूतिमा उप्र्रिmने मूर्खताको एकांशसम्म स्रष्टा राईमा देखिँदैन । यो उच्च स्रष्टत्वको मानवतावादी सर्वोत्तम उपलब्धि हो ।
सुदामा, सुन ए, मन ! इतिहास, पुराणमा, झुपडीले के भन्छ ? के गर्दै होली राधा ? जेठको यस मध्याह्न बेलामा, सखी ! तिम्रायी दुष्ट आँखा कति कुरा गर्दा रहेछन्, उसको गाउँमा पनि साँझ प¥यो होला जस्ता कविताका सर्जक र निबन्ध गहिराइका उत्सर्जक विष्णु एस राई स्वच्छन्दतावादका अन्तराभित्र पष्किारवादी बाह्यावरणमा देखिने उज्यालो ज्योति हो ।
सुदामा, सुन ए, मन ! इतिहास, पुराणमा, झुपडीले के भन्छ ? के गर्दै होली राधा ? जेष्ठको यस मध्याह्न बेलामा, सखी ! तिम्रायी दुष्ट आँखा कति कुरा गर्दा रहेछन्, उसको गाउँमा पनि साँझ प¥यो होला जस्ता कविताका सर्जक र निबन्ध गहिराइका उत्सर्जक विष्णु एस राई स्वच्छन्दतावादका अन्तराभित्र पष्किारवादी बाह्यावरणमा देखिने उज्यालो ज्योति हो । उन्मुक्त आकाश उड्न आतुर एक कल्पनाशील मानव चरी हो । प्राडा.गोविन्दराज भट्टराईको लेखन÷अध्ययन समाधि, सक्रियता एवं सङ्कल्पित निरन्तरता विष्णु एस राईमा हुने वा भएको भए र राईको कल्पनात्मक बेदाग उच्च उडान एवं संसारप्रतिको तटस्थ र निरपेक्ष गहिराइ डुब्ने उदात्तता प्राडा.गोविन्दराज भट्टराईमा भएको भए सम्भवतः त्यो व्यक्तित्व सिस्नाका घना घारीभित्रबाट पनि कल्पवृक्षको छहारी बनेर उभिने थियो ।
सँगै हिँड्डुल गरेर पनि, सँगै उठ्बस् भएर पनि, सँगै कतिपय कार्यक्रममा समायोजित भएर पनि अन्तर अहंले हो वा केले ? आफूलाई आफैँले खुलस्त पार्न नचाहेर हो वा के हो ? न भट्टराईको लेखन समाधि र समर्पण राईमा देखिन्छ, न कल्पनात्मक आवेगमय उच्च उडानका पखेटा र गहिराइको दार्शनिक नयाँ दम भट्टराईमा देखिन्छ । यी दुवैसँगै भएर पनि, एउटै विषयक अध्येता भएर पनि, एउटै पेशागत प्वाँख फट्फटाइमा रहेर पनि नेपाली साहित्याकाशका भिन्न धारका शिखर पुरुषहरू हुन्–एक छुपेरुस्तम र अर्को भाइरल । यो मजाको यी दुई स्रष्टाका बीचको आकर्षक र अनाकर्षक पनि विशेषताका रूपमा परिलक्षित भएको पाउन सकिन्छ । समर्पित लेखनको समाधि अझै पनि राईमा कसिने हो भने कतिपयः बिन्दु विशेषमा विष्णु एस राईलाई देवकोटा समकक्षी सहज रूपमा हामी देख्न सक्छौँ ।
शान्त, सौम्य, हँसमुख चेहरामा कताकता के के सोचे झैँ लाग्ने विष्णु एस राईभित्र तरङ्गित इन्द्रेणीदार भावतरङ्गको ऊर्जा आफैँमा जन्मजात प्रकृतिप्रदत्त वरदानको स्वरूप हो । अभ्यासको कसीबाट इतिहासको साहित्यकार अवश्य बन्न सकिन्छ तर मनको साहित्यकार बन्न विष्णु एस राईकै वरदान चाहिन्छ । हल्लाको साहित्यकार भेडाका भीडमा ताली पाउने दृश्यजगत्का नारा लेखेर बन्न सकिन्छ ।
कलासौन्दर्यको छाताभित्र समग्र विश्व राख्ने वा अटाउने साहित्यकार वा कवि बन्न विष्णु एस् राईकै वरदान अनिवार्य चाहिन्छ । यसमाथि भट्टराईको समाधिमग्न निरन्तरताको निर्णयात्मक सङ्कल्प पनि जन्मन सक्यो भने । यस लेखमा समाविष्ट प्रशंसाका सम्पूर्ण पाटा बिर्सेर निन्दाका चस्स पोल्ने झापडमा मात्र ध्यान केन्द्रित गर्नाका लागि राईप्रति कडा आदेश वा उर्दी जारी गर्दै म सिस्नाका झाङ् अक्षरका बिस्कुन सुकाइबाट ओझेल पर्छु ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच