काठमाडाैं । एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ । चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ पर्यटक आउने गरेका छन् ।
नेपालको सुदूरपश्चिम क्षेत्रलाई अन्य भागसँग जोड्ने यो पुलको निर्माण २०५० मंसिर २८ गते सम्पन्न भएको थियो । करिव २३ करोड ६४ लाख रुपैयाँ (त्यसबेलाको १ करोड ५८ लाख डलर)मा बनेको यो पुल देशकै सुन्दर र महँगो पुलमा परेको थियो । विश्व बैंकको सहयोगमा बनेको यस पुलको सम्पूर्ण नक्सा अमेरिकी इञ्जिनियरिङ कम्पनीले बनाएको थियो भने निर्माणको काम जापानको कावासाकी हेभी ल्याब्सले गरेको थियो ।

पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको छ । "यो पुल निर्माण भएपछि अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन," स्थानीय बताउँछन्।
यो पुल काठमाडाैंबाट ५०० किलोमिटरको दूरीमा छ । पुलको डिजाइन र स्थानले यसलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाएको छ । पुलको उद्घाटन २०५० मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट भएको थियो । यो पुलले बर्दिया र कैलालीलाई जोड्ने मात्रै नभयर लुम्बिनि प्रदेश र सुदूरपश्चिम प्रदेश लाई पनि जोडेको छ।





तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच