हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकालाई नेपाल सरकार र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले राष्ट्रिय कदरपत्र प्रदान गरेको छ । कृषि उत्पादनमा स्वच्छता, दिगोपन र पोषण प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएकोमा उक्त कदर पत्र प्रदान गरेको हो ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले ४५ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित समारोहमा गाउँपालिकालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताउनुभयो । उक्त सम्मानपत्र बिहिबार ललितपुरको हरिसिद्धिमा आयोजित विशेष कार्यक्रममा प्रदान गरिएको थियो ।
‘स्वच्छ खाना र राम्रो भविष्यका लागि हातेमालो’ भन्ने नाराका साथ मनाइएको यस वर्षको ४५ औं विश्व खाद्य दिवस कार्यक्रममा सिटकोट गाउँपालिका स्वच्छ खाद्य उत्पादन प्रवद्र्धन, जैविक कृषि अभ्यास र पोषण सुरक्षामा प्रभावकारी योगदानकोमा उच्च मूल्याङ्कन गरि सम्मान गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव, कृषि विभागका महानिर्देशक, र FAO नेपालका प्रतिनिधिलगायतका उच्च अधिकारीहरूको उपस्थितिमा कदरपत्र प्रदान गरिएको थियो । यो सम्मानले सिमकोट गाउँपालिकालाई मात्र नभई हुम्लाको कृषि क्षेत्रलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सिमकोट गाउँपालिकाले स्थानीय बीउबिजनको संरक्षण, जैविक मलको प्रयोग र स्वच्छ खानेपानीसँग जोडिएको कृषि प्रणालीमार्फत स्वच्छ र पोषिलो खाद्य उत्पादनमा निरन्तर काम गर्दै आएको अध्यक्ष भण्डारीको भनाई छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच