काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक कात्तिक १३ गतेसम्मका लागि स्थगित भएको छ।
असोज २८ गतेदेखि केन्द्रीय कार्यालय सानेपामा सुरु भएको उक्त बैठक शनिबार केहीबेर बसेर स्थगित गरिएको हो।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य ८४ वर्षीय ऋषिकेष गौतमज्यूको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर आजको बैठक सकिएको थियो।
बैठक अब कात्तिक १३ गते दिउँसो १ बजेदेखि सानेपामा बस्नेछ भनी कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभएको छ।
कार्यवाहक सभापति खड्काकै सभापतित्वमा कांग्रेस केन्द्रीय समिति बैठक बस्दै आएको थियो।
बैठकमा केन्द्रीय सदस्यज्यूहरूले धारणा राख्ने क्रम जारी रहेको थियो।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच