नयाँदिल्ली । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्ये एक इण्डियन प्रिमियर लिग (आइपिएल)को आगामी संस्करणअघि एउटा क्लबको स्वामित्व परिवर्तन हुन सक्ने सम्भावना बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आइपिएल क्लब रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)को स्वामित्व परिवर्तन अन्तिम चरणमा पुगेको छ । आरसिबी इण्डियन प्रिमियर लिगको साबिक विजेता पनि हो ।
समाचारअनुसार गत अक्टोबरमा सेरम इन्स्टिच्युट अफ इण्डियाका प्रमुख कार्यकारी अधिकृत अदार पुनावाला आरसिबी खरिद गर्न तयार रहेको समाचार बाहिर आएको थियो । क्रिकबजका अनुसार अहिले आरसिबी खरिद गर्न इच्छुक उद्योगपतिहरूको संख्या निरन्तर बढिरहेको छ । त्यसमध्ये पनि ६ जना उद्योगपतिसँग निरन्तर छलफल भइरहेको बताइएको छ । प्रभावशाली ब्याट्सम्यान विराट कोहली यही क्लबबाट खेल्नुहुन्छ ।
आरसिबी खरिद गर्न चाहने उद्योगपतिको सूचीमा जिन्दल साउथ वेष्ट समूहका मालिक पार्थ जिन्दलको नाम सबैभन्दा अगाडि छ । जिन्दलले विभिन्न चरणमा छलफल गरिरहेको समाचार बाहिरिएको छ । पार्थ जिन्दल अर्को आइपिएल क्लब दिल्ली क्यापिटल्सका सह-मालिक पनि हुनुहुन्छ । दिल्ली क्यापिटल्सको अर्को सह–मालिक भने ग्रान्धी मल्लिकार्जुन राव समूह हो ।
यसैगरी, अडानी समूह पनि आरसिबी खरिद गर्न इच्छुक देखिएको छ । अहिले आरसिबीको स्वामित्व ब्रिटिस कम्पनी डियाजियो पिएलसीसँग छ । तर, डियाजियो पिएलसी आरसिबी बिक्री गर्ने तयारी छ ।
अडानी समूहले सन् २०२१ मा गुजरात टाइटन्स खरिद गर्ने तयारी अगाडि बढाएको थियो । तर, त्यतिबेला दुवै पक्ष सहमतिमा पुग्न सकेनन् । अडानी समूह महिला प्रिमियर लिग क्लब गुजरात टाइटन्सको मालिक पनि हो ।
आरसिबी आइपिएलको इतिहासकै सबैभन्दा लोकप्रिय टोलीमध्ये एक हो । यो क्लबको विश्वभर करोडौँ समर्थक छन् । सामाजिक सञ्जालमा पनि अन्य आइपिएल क्लबको तुलनामा आरसिबीका समर्थक निकै बढी छन् । आरसिबीको वर्तमान मालिक कम्पनी डियाजियो पिएलसीले यसको मूल्य १७ हजार आठ सय ५९ करोड भारतीय रुपैयाँ निर्धारण गरेको छ । तर, खरिदकर्ताहरूले भने यो रकम निकै बढी भएको भन्दै मोलतोल गरिरहेका छन् । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच