लिस्बन, पोर्चुगल । नृत्य निर्देशक सुनिल गिरीको सक्रिय पहलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगल पुनर्गठन भएको छ । इनास ग्लोबल समितिले नयाँ कार्यसमितिलाई औपचारिक रूपमा अनुमोदन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी प्रदान गरेको हो ।
नृत्य निर्देशक तथा नृत्य निर्देशक संघ नेपाल युरोप शाखा, पोर्चुगलका अध्यक्षसमेत रहनुभएका गिरी नेपाली लोक नृत्यको संरक्षण तथा प्रवद्र्धनमा लामो समयदेखि क्रियाशील हुनुहुन्छ । गिरीलाई समितिको मार्गदर्शन तथा ग्लोबल समितिसँग समन्वय गर्न ग्लोबल कमिटी प्रतिनिधिको रूपमा नियुक्त गरिएको छ ।
अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको अनुमोदनको प्रस्तावलाई युरोप क्षेत्रीय समितिमार्फत केन्द्रमा पठाइएको थियो । सो अनुरोध इनासको केन्द्रीय विधाननुसार स्वीकार गर्दै ग्लोबल अध्यक्ष रामचन्द्र थापाले अनुमोदनको पत्र जारी गर्नुभएको हो ।
नवगठित कार्यसमितिको अध्यक्षमा नृपध्वज खत्री ‘निरिप’ चयन हनुभएको छ । समितिको उपाध्यक्षहरूमा कलाकार तथा निर्माता कविता गेलाल, गायक तथा संगीतकार अर्जुन सोनाम र गायक सन्तोष अधिकारी रहनुभएको छ ।
महासचिवमा चलचित्र निर्देशक तथा सम्पादक हरि सिलवाल, सचिवमा नृत्य निर्देशक खडानन्द (अमर) आचार्य र साहित्यकार रेखा कार्की चयन हनुभएको छ । कोषाध्यक्षको जिम्मेवारी निर्देशक तथा कलाकार भुवन श्रेष्ठ ‘सगुन’ले सम्हाल्नुभएको छ भने सहकोषाध्यक्षमा कार्यक्रम निर्देशक अमृत मरहट्ठा नियुक्त हुनुभएको छ ।
समितिको प्रवक्तामा व्यवसायी तथा छायांकार शम्भु सिलवाल, कार्यक्रम संयोजकमा रविन्द्र न्यौपाने र सदस्यहरूमा रेणु गुरुङ, सन्नी शाही, नरजंग गुरुङ र रिया श्रेष्ठ चयन हुनुभएको छ ।
समितिलाई सल्लाह, सुझाव प्रदान गर्न नृत्य निर्देशक पुनम राई, कलाकार तथा समाजसेवी नवीन तिम्सिना र समाजसेवी सज्जन हमाल ठकुरीसहितको सल्लाहकार समिति गठन गरिएको छ ।
इनास ग्लोबल समितिका अध्यक्ष रामचन्द्र थापाले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै पोर्चुगलमा नेपाली कला, भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नवगठित समितिका अध्यक्ष नृपध्वज खत्रीले प्रवासमा रहेका नेपाली कलाकारहरूलाई एक ठाउँमा ल्याउँदै नेपाली कला र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनमा समर्पित रहने प्रतिबद्धता जनाउनुभयो ।
ग्लोबल समितिले नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएको छ । नयाँ नेतृत्वसँगै पोर्चुगलमा नेपाली कला–साहित्य, संगीत र संस्कृतिका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच