काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी २००७ सालदेखि अहिलेसम्मका सम्पत्ति छानबिनका लागि तयार रहेको बताउनु भएको छ ।
जेनजी आन्दोलनपछि शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका ओलीले २००७, २०४६ र २०६२/०६३ सालका अवधिसम्मका सम्पत्ति छानबिन गर्न कुनै आपत्ति नभएको स्पष्ट गर्नुभयो ।
“सात साल पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं, ४६ पछिकै छानबिन गर्नु पर्छ भने पनि गरौं, ६२/६३ पछिको छानबिन गर्ने हो भने पनि गरौं,” ओलीले भन्नुभयो, “कहिलेदेखिको छानबिन गर्ने सम्पत्ति विवरण छानबिन गरौं।”
उहाँले देशभरका नेता तथा कार्यकर्तालाई सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध सक्रिय हुन आह्वान गर्नुभयो। ओलीले पछिल्ला दिनमा आफूलाई गिरफ्तार गर्ने र झूटा मुद्दा लगाउने प्रयास भइरहेको पनि बताउनु भयो ।
“दिनैपिच्छे बैठक बसेर केपी ओलीलाई कसरी गिरफ्तार गर्ने, कसरी झुटा मुद्दा लगाउने भनेर चलिरहेको छ,” उहाँले भन्नुभयो, “केमा मुद्दा लाउनु हुन्छ ? तपाईंलाई रिस उठ्यो भन्दैमा मुद्दा ? थुन्ने ? कि कुनै आधार छ ?”
ओलीले पार्टी एकताबद्ध भएर त्यसका विरुद्ध लड्नुपर्ने बताउनु भयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच