काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेपछि अर्को सरकार नबन्दैसम्म नेपाली सेनाले आफ्नो मोबाइल नियन्त्रणमा लिएको खुलासा गर्नुभएको छ ।
आइतबार काठमाडौंमा सम्पादकहरूसँगको भेटघाटमा ओलीले भदौ २४ गते राजीनामा दिएपछि सेनाको सुरक्षामा रहँदा मोबाइल प्रयोग गर्न नपाएको बताउनु भएको हो ।
‘राजीनामापछि म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिएन। मेरो मोबाइल सिज गरिएको थियो,’ ओलीले भन्नुभयो ।
उहाँका अनुसार भदौ २७ गते मात्रै, सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएको दिन, मोबाइल फिर्ता पाउनु भएको थियो ।
अध्यक्ष ओलीलाई भदौ २४ गते प्रधानमन्त्री कार्यालय, बालुवाटारबाट नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको थियो।
साथै ओलीले नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गर्ने काम ओलीले गरेको भनेर झुट बोलेको बताउनुभएको छ ।
ओलीले राष्ट्रपतिको आग्रहमा गरेको सिफारिस प्रधानमन्त्रीमा कसैको नाम सिफारिस नगरेको पनि बताउनु भयो ।
अध्यक्ष ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेका भए प्रणाण देखाउन पनि दाहाललाई चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो,‘यो अन्तिम सरकार संविधान अन्तर्गत बनेको होइन । अस्ती फेरि प्रचण्डजीले भयानक झुट बोल्नुभयो । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्नुभएको हो भनेर ।’
उहाँले वर्तमान सरकार असंवैधानिक रहेको पनि दोहोर्याउनु भयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच