काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिनका क्रममा आफू ‘लुरुलुरु गएर बयान नदिने’ स्पष्ट अडान व्यक्त गर्नुभएको छ ।
आइतबार सम्पादकहरूसँगको कुराकानीमा ओलीले जसले सोध्दै हिँड्छ, त्यसलाई बयान दिँदै नहिँड्ने बताउनु भएको हो ।
‘आयोगहरू जस-जसले जहाँ-जहाँ बनाउँदै हिँड्छन्, हिँडून्,’ ओलीले भन्नुभयो, ‘केपी ओली सोझो छ भन्दैमा त्यहाँ लुरुलुरु गएर बयान दिँदैन। त्यस्तो काम केपी ओलीले गर्दैन। कुनै पनि बयानमा आफैंलाई धोका दिने काम मबाट हुँदैन।’
भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न सरकारले गौरीबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरेको छ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले ओलीमाथि बयानका लागि दबाब बढाइरहेका बेला ओलीले पुनः आफू बयान दिन नजाने बताउनु भएको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच