काठमाडाैं । नेपालको साहित्यिक आकाशमा कथा विधाको दीप प्रज्वलित पार्ने अभियानले निरन्तरता पाएको छ ।
साहित्यकार पुष्कर लोहनीले शुरु गर्नुभएको नेपाली कथा साहित्यमा पुनर्जागगरण अभियानमा दशक दशकका कथाकारहरुको कथा बाचन गर्ने गरिन्छ । महिनाको एकपटक सञ्चालन हुने कथा वाचन कार्यक्रमको तेइसौं शृङ्खलामा कथाकारहरू निर्मोही व्यास, इन्दिरा प्रसाईं,बाबा न्यौपाने र मानसीले कथा वाचन गर्नुभएको थियो ।
दशकको प्रतिनिधित्वको रुपमा व्यासको ‘स्वयम्भूका आँखाहरू’ शिर्षकको कथाले ४०, प्रसाईंको ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ शिर्षकको कथाले ५०, न्यौपानेको ‘रतेली’ कथाले ६० र मानसीको ‘चन्द्रिका’ शिर्षकको कथाले ७० दशकको प्रतिनिधित्व गरेका थिए ।
दिवंगत कथाकारहरूको स्मृतिमा समर्पित हुदै कार्यक्रमको शुरुमा स्वर्गिय भीमनिधि तिवारीको अमर कथा ‘चखेवा चखेवी’ लाई कथाकार समिना खनाल (पृथा) ले वाचन गर्नुभएको थियो । कथा वाचन अभियानका परिकल्पनाकार साहित्यकार पुष्कर लोहनीले बाँकी जीवन साहित्यमा लगाउने उद्देश्य साथ कथाकार स्वयंले आफ्ना कथा वाचन गर्ने कामको शुरुवात गरेको स्पष्ट पार्नुभयो ।
स्वयम्भूनाथको प्राचिन दृष्टिबाट हेर्ने काठमाडौंको जीवन्त चित्रण गरिएको निर्मोही व्यासको कथाले तराईको कथित ठूला र साना जातको यथार्थ चित्रण गर्दै वर्गिय द्वन्द्वलाई उजागर गरेको थियो । प्रयोगगात्मक शैलीको कथाकार इन्दिरा प्रसाईंको कथा ‘आ बराबर आत्महत्या, आत्महत्या बराबर दुष्यन्त’ मा आधुनिक जीवनको द्वन्द्व र आत्मसंघर्षको गहन विश्लेषण गरिएको छ । कथाले पाठकलाई आफ्नै अन्तर्मनतिर डो¥याउँछ ।
त्यसैगरी अनुभवी कथाकार बाबा न्यौपानेले ‘रतेली’ शिर्षकको कथाले सांस्कृतिक पर्व रत्तेलीलाई प्रतिकको रुपमा प्रयोग गरिएका समलैगिक प्रेम मनोविज्ञानलाई उजागर गरेको छ ।
२०७६ सालको बाह्रखरी उत्कृष्ट कथासंग्रहमा प्रकाशित कथाकार मानसीको कथा ‘चन्द्रिका’ ले सार्वजनिक पद धारण गरेका व्यक्तिको निजी दिनचर्यालाई उधिन्ने प्रयास गरेको देखिन्छ । जिम्मेबारी र दायित्वबोधबाट खुम्चिएको पात्रको अव्यक्त प्रेमलाई पर्दाभित्रै कैद गरेर शुक्ष्म रुपमा व्यक्तितगत स्वतन्त्रताको पैरवी गरिएको छ । समाजका जनजिब्रोका शब्दलाई जुरुक्क उचाले कथामा राखिएको छ ।
कथाहरूबारे समीक्षकद्वय प्राध्यापक डा. भरतकुमार भट्टराई र प्रमोद प्रधानले टिप्पणी गर्नुभएको थियो । नेपाली कथा साहित्यको पुनर्जागरणका लागि आयोजित कथावाचन कार्यक्रमले साहित्यप्रेमीहरूको मनमा नयाँ लहर पैदा गरेको हो । यो अभियानले लोप हुँदै गएको नेपाली साहित्य पठन संस्कृतिलाई पुनः जीवन्त बनाउने महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।
कथा वाचन कार्यक्रमकै आयोजकको रुपमा रहदै आउनुभएका साहित्यकारद्वय चन्द्रप्रसाद भट्टराई र उपन्यासकार सुकदेव उपाध्यायल नेपाली कथा साहित्य अझै जीवन्त छ भन्नेकुरा कथा वाचन उत्सवले प्रमाणित गरेको बताउनु भयो । यसको पुनर्जागरण अभियानले साहित्यप्रेमीहरूको हृदयमा नयाँ ज्योति प्रज्वलित भएको विश्वास आयोजकले लिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच