काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताउनुभएको छ ।
नेपालीहरुको महँन पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने जिकिर गर्नुभयो । उहाँले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट रहेको बताउनु भयो ।
६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेको जिकिर गर्नुभयो । यस निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको दाबी गर्नुभयो । कठिन परिस्थितिमा एकतावद्ध रहने नेपालीहरुको मौलिक संस्कृति भएको बताउनु भयो । तसर्थ कुनैपनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुन आह्वान गर्नुभयो । शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यस वर्ष हामी परिवर्तनको असिम आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेका छौँ । भदौको महान जेन जी आन्दोलनले हामीमाथि जुन भरोसा र दायित्व सुम्पिएको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्वन गर्ने दृढ प्रतिवद्धता प्रकट गरेको छ । यसबीचमा जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने भएको छ । फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने सुशासन कायम गर्ने, भ्रष्टाचार विरुद्ध ठोस कदम चाल्ने र जेन जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानविन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट छौँ । ६ महिनाभित्र स्थिर सरकार दिने प्रतीज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागिपरेका छौँ । यस निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति सुधारको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छ । कठिन परिस्थितिमा एकतावद्ध रहने हाम्रो मौलिक संस्कृति नै हो । तसर्थ कुनैपनि भ्रममा नपरी हामी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट होऔँ । शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढौँ ।’
प्रधानमन्त्री कार्कीले यस वर्ष हामी परिवर्तनको असिम आकांक्षा र नयाँ यात्राको जिम्मेवारीसहित अघि बढिरहेको दाबी गर्नुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र