गुल्मी । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको । अग्लुङ्गफेदीको कचुरखर्कमा गए राती ट्याक्टर दुर्घटना हुँदा १९ वर्षीय सह–चालक मेघराज पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पुनको स्थायी ठेगाना प्युठान जिल्ला, गौमुखी गाउँपालिका–३ रजवार भए पनि अग्लुङ्गफेदी बस्दै आइरहेका थिए ।
गए राती ११ः३० बजे मदाने गाउँपालिका–१ अग्लुङ फेदीबाट बालुवा लोड गरेर वडा कार्यालयतर्फ आउँदै गरेको रा १ त ३५०२ नम्बरको ट्याक्टर उकालो बाटोमा लोड तान्न नसकी ब्याक भई ब्रेकले काम नगरेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगा बहादुर सारुले जानकारी दिएका छन्।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच