काठमाडौं । एनआइसी एसिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । उक्त अनलाइन पोर्टलमार्फत् लिलाम बिक्रीमा रहेका सम्पत्तिको सम्पूर्ण विवरण, कित्ता नम्बर, क्षेत्रफल, तस्वीर, नक्सा र स्थान पहिचानका लागि गुगल म्यापसहित हेर्न सकिने व्यवस्था गरिएको छ । ग्राहकले लिलामसम्बन्धी सूचनामा रहेको क्युआर कोड स्क्यान गरी सो पोर्टलमा सहजरूपमा प्रवेश गर्न सक्नेछन् ।
त्यसैगरी इच्छुक ग्राहकहरूले आफूलाई रुचि भएको सम्पत्तिबारेमा थप जानकारी लिन पोर्टलमा उपलब्ध ‘म्यासेज बक्स’ प्रयोग गरी आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरेर सन्देश पठाउन सक्ने व्यवस्था गरिएको छ ।
बैंकले अनलाइन पोर्टलमा नियमितरूपमा बैंकिङ सम्पत्ति, गैर-बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका लिलाम बिक्रीका विवरणहरू अद्यावधिक गर्दै जाने जनाएको छ । त्यसरी डिजिटल प्रणालीमार्फत् लिलामसम्बन्धी जानकारी सार्वजनिक हुँदा पारदर्शिता र पहुँच दुवै सहज हुने बैंकको विश्वास छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच