काठमाडौं । चलचित्र ‘होस्टेल ३’ले भारतीय नेपाली समुदायमाझ पनि लोकप्रियता हासिल गरेको छ । नेपालका साथै चलचित्रले भारतको दार्जिलिङमा पनि राम्रो दर्शकको साथ पाएको छ ।
सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको ‘होस्टेल ३’ले त्यहाँ पनि प्रदर्शनको ५१औं दिन पूरा गर्न सफल भएको वितरक सुरज खड्काले जानकारी दिनुभयो ।
गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण रहेको यो चलचित्र सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुरलगायत ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शनमा आएको थियो ।
सशान कँडेलको निर्देशन रहेको यो चलचित्र क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र संघर्षको कथामा निर्माण भएको छ । चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुषलगायत कलाकारको अभिनय छ । माधव शर्माको लेखन तथा एसोसिएट निर्देशन रहेको चलचित्र शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ताले मिलेर निर्माण गर्नुभएको हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच