रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा सोही जीपका चालक सुनछहरी गाउँपालिका वडा नं ६ बस्ने वर्ष ३२ को थम्मन रोका मगर रहेको बताइएको छ।
बुधबार राती करिब ९ः१५ बजेको समयमा रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं ४ स्थित धुलेओडार सडक खण्डमा रोल्पाको लुङ्ग्री गाउँपालिकाको किलाचौर बाट सुलिचौर बजार तर्फ आउँदै गरेको लु २ च ८०१५ नं।को वलेरो पिकअप जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको बताइएको छ।
जीप दुर्घटना हुँदा जिपमा सवार अन्य ३ जना घाइते भएको र घाइतेहरु लाई थप उपचारको लागि जिल्ला बाहिर रेफर गरिएको प्रहरीले बताएको छ।
जिप सडक बाट करिब तीन सय मिटर तल खोलामा खसेको बताइएको छ। दुर्घटनाको खबर पाउना बित्तिकै ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पाका प्रहरी निरीक्षक अनिल कुमार चौधरीको टोलि र स्थानीयहरु घटनास्थलमा पुगि घाइतेहरुको उद्दार गरेको बताइएको छ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम