मेलबर्न । मेलबर्नमा अभ्यासका क्रममा घाइते हुनुभएका एक युवा अष्ट्रेलियाली क्रिकेटरको मृत्यु भएको छ । नेटमा अभ्यास गरिरहेका बेला स्वचालित बलिङ मेसिनबाट फ्याँकिएको बल लागेर घाइते हुनुभएका १७ वर्षीय क्रिकेटर बेन अस्टिनको निधन भएको हो ।
उहाँको टाउको र घाँटीमा बल लागेको थियो । अस्पताल लगिएपछि बेनलाई लाइफ सपोर्टमा राखिएको थियो । यद्यपि उहाँको बुधबार मृत्यु भएको बिबिसीले जनाएको छ । उहाँले सुरक्षाका लागि हेलमेट पनि लगाएको ठानिएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै बेन आबद्ध क्रिकेट क्लबले उहाँको परिवार र साथीहरूप्रति समवेदना व्यक्त गरेको छ । सन् २०१४ मा अष्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको ब्याटिङ गर्दा क्रिकेटको बलले घाँटीमा लागेर मृत्यु भएको थियो ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :