काठमाडौं । हिमालय टाइम्सको २३ असोज २०८२ मा साइमेक्स इन्क प्रालिका विषयमा प्रकाशित समाचारप्रति सो संस्थाले खण्डन गर्दै असहमति जनाएको छ । ‘१६ महिनादेखि राजस्वमा बिवाइडीको कर छली फाइलः नागरिक सरकारले अनुसन्धान अघि बढाउने अपेक्षा’ शीर्षकको समाचारप्रति साइमेक्स इन्कले असहमति जनाएको हो । उक्त समाचार यस दैनिकसहित अनलाइनमा समेत प्रकाशित भएको थियो ।
संस्थाद्वारा जारी विज्ञप्तिमा समाचारमा तथ्यता नभएको, आधारविहीन कुराहरू रहेको र प्रकाशित समाचारले कम्पनीको प्रतिष्ठा र छविमा प्रतिकूल असर पारेको पनि जनाइएको छ । समाचारमा उल्लेख गरिएका केही विषयहरू हाल न्यायिक निकायमा विचाराधीन मुद्दासँग सम्बन्धित रहेका कारण अप्रमाणित विवरणहरू सार्वजनिकरूपमा प्रसारित गर्नु पत्रकारिताको मूल मर्मविपरीत भएको सो प्रालिको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो कम्पनी सन् २०१६ देखि नेपालभर बिवाइडी गाडीहरूको आधिकारिक बिक्रेता रहेको र नेपाली बजारमा बिक्री, वितरण तथा ब्राण्डको प्रचार–प्रसार गर्दै आएको साइमेक्सले विज्ञप्तिमा जनाएको छ । प्रालिले नेपाल सरकारका सबै नियम, कानुन र कर दायित्वहरू पालना गर्दै आएको दाबीसमेत गरेको छ ।







रिपब्लिकनले काङ्ग्रेस नियन्त्रण कायम राखे
मन्त्रिपरिषद्को बैठक बस्दै
एसीसी प्रिमियर कप क्रिकट :
जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा
फैसला कार्यान्वयनमा सरकारी निकायबाटै ढिलाइ
कानूनमन्त्री गौतमलाई काँग्रेस सांसदको प्रश्न