झापा । आज (शनिबार)देखि सुरु हुने भनिएको प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता चक्रवात ‘मोन्था’ को प्रभावका कारण दुई दिनपछि सरेको छ । बंगालको खाडीमा विकसित भएको चक्रवातले झापासहित देशका अधिकांश स्थानमा शनिबारसम्म भारी वर्षा हुने अनुमान गरिएको छ । यस परिस्थितिलाई मध्यनजर गर्दै आयोजक समितिले प्रतियोगिता सुरु गर्ने मिति परिवर्तन गर्ने निर्णय गरेको हो ।
आयोजक झापा महिला गोल्डकपले जारी गरेको सूचनानुसार, उद्घाटन खेल अब कात्तिक १७ गते सोमबार हुनेछ । उद्घाटन खेलमा नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल कात्तिक १८ गते हुनेछ, जसमा नेपाल एपीएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिग्लिङ स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेल कात्तिक १९ गते झापा फुटबल क्लब र संकटा फुटबल क्लबबीच खेल हुनेछ भने चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लब र आरएस पोखरा फुटबल क्लबबीच हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते तय गरिएको छ भने दोस्रो सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ । झापा महिला गोल्डकपको फाइनल खेल कात्तिक २४ गते हुनेछ, जहाँ विजेताले प्रतिष्ठित ट्रफी हात पार्नेछ । प्रतियोगितामा सहभागी टिमहरूले नकआउट प्रणाली अनुसार खेल्ने भएकाले प्रत्येक खेल महत्वपूर्ण मानिन्छ ।
आयोजक समितिले खेलस्थलमा आवश्यक सुरक्षा र खेल व्यवस्थापनका लागि विशेष तयारी पूरा गरेको जनाएको छ । यसअघि भएको तयारी र टिमहरूको प्रशिक्षण कार्यक्रमले प्रतियोगितालाई उच्चस्तरको प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ । झापा महिला गोल्डकपले महिला फुटबलको प्रवद्र्धनसँगै स्थानीय तथा अन्तर्राष्ट्रियस्तरमा खेलाडीहरूको क्षमताको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर