काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार काठमाडौंमा बृहत् राजनीतिक संवाद गरेको छ । प्रवक्ता मनीष झाका अनुसार ‘जेन-जी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ विषयक कार्यक्रममा डा. बाबुराम भट्टराई, रेशमलाल चौधरी लगायतका नेताहरूले आफ्ना भनाइ राखेका थिए । रास्वपाका उपसभापति स्वर्णीम वाग्लेको प्रस्तावमा पार्टीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा उपसभापति डा. वाग्लेले ‘जेन-जी’ आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले ‘जेन-जी’ आन्दोलनले सबै राजनीतिक दलहरूमा रूपान्तरणको चाप बढाएको उल्लेख गर्नुभयो । त्यसलाई संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले संविधानबाट ‘डिरेल’ भएका कतिपय कुरालाई पनि ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच