काठमाडौं । फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियातः गोकुल बास्कोटा नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले फुटिसकेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको बताउनुभएको छ ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग एकताको निर्णय गरेपछि बास्कोटाको यो भनाइ आएको हो । समाजवादीले माओवादीसँग एकताको निर्णय गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार घर छाडेर गएकालाई फर्किन आह्वान गर्नुभएको थियो ।
पूर्व सञ्चारमन्त्री समेत ओलीको उक्त आह्वानप्रति कटाक्ष पनि गर्नुभएको छ । ‘फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर नेपालका वापनन्थीहरू त्यही प्रवृत्तिवाट अभिशप्त छन््, उहाँले लेख्नुभएको छ, ‘मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता। फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनु, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच