काठमाडौं । आजदेखि काठमाडौंमा आजदेखि ‘लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’ हुँदैछ । बाल नाटकको प्रोत्साहन र अन्तर्राष्ट्रिय सांस्कृतिक आदान-प्रदानलाई प्रवद्र्धन गर्ने यो महोत्सव हुन लागेको हो । ‘लालाबाला काठमाडौं अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव’को पाँचौं संस्करण काठमाडौंको इम्पेरियल वल्र्ड स्कुलको प्रेक्षालयमा आयोजना हुनेछ ।
छ दिनसम्म चल्ने यस नाट्य महोत्सवमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, थाइल्याण्ड, बेलायत, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया र ब्राजिलका बालकलाकारले सहभागिता जनादउँदैछन् । सहभागी देशका कलाकारहरूले आफ्नै भाषा र संस्कृतिमा विभिन्न शैलीका नाटक मञ्चन गर्नेछन् । साथै, बालबालिकाका लागि नाट्य कार्यशालाहरू पनि सञ्चालन गरिनेछ ।
महोत्सवको उद्घाटन समारोहमा कलाकार तथा संगीत नाट्य एकेडेमीका पूर्वउपकुलपति हरिहर शर्मा, प्रा.अभि सुवेदी, प्रा.सावित्री कक्षपति, नाट्य निर्देशक तथा लेखक अषेश मल्ल, रंगकर्मी आकांक्षा कार्की, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, राम केयसी, मञ्जु गिरी, पुष्पराज अवस्थीलगायत अतिथिहरू सहभागी हुनुहुनेछ ।
विदेशी कलाकारहरू आइतबार काठमाडौं आइपुग्नु भएको छ । उहाँहरूलाई काठमाडौं, भक्तपुर र ललितपुरका सांस्कृतिक स्थलहरूको भ्रमण गराइनेछ । चेक रिपब्लिक, स्लोभाकिया र लातभियाका कलाकारहरू भने नेपालमा थप चारदिन बसेर विभिन्न स्थान अवलोकन गर्नुहुनेछ । कलाकारहरूको सम्पूर्ण बसाइँ तथा व्यवस्थापनको जिम्मा आयोजक विद्यालय इम्पेरियल वल्र्ड स्कुलले लिएको छ ।
विद्यालयका संस्थापक तथा चेयरम्यान कुमार थापाका अनुसार विद्यालयलाई अन्तर्राष्ट्रिय कलाको हब बनाउने उद्देश्यका साथ लालाबालासँग सहकार्य गरिएको हो । महोत्सव निर्देशक टंक चौलागाईंका अनुसार यो कार्यक्रम नेपालबाट विश्वमा सकारात्मक सन्देश प्रवाह गर्ने महत्वपूर्ण मञ्च बन्नेछ । विद्यालय प्रिन्सिपल जुनिता कार्कीका अनुसार सबै तयारी पूरा भइसकेको छ ।
महोत्सवको उद्घाटनपछि पहिलो दिन आज (सोमबार) आयोजक विद्यालय, ब्राजिल र बंगलादेशको प्रस्तुति हुनेछ । मंगलबार जापान, बेलायत, थाइल्याण्ड, लातभिया र इरानका समूहको नाटक मञ्चन हुनेछ । बुधबार जोय हाउस कलेक्टिभ नेपाल र श्रीलंकाका कलाकारले प्रस्तुति दिनेछन् ।
बिहीबार भ्याली भ्यु स्कुल र चेक रिपब्लिकको नाटक मञ्चन हुनेछ भने शुक्रबार अन्तिम दिन श्रीयन्त्र एजुकेशन फाउण्डेशन (भारत) र स्लोभाकियाका नाटकपछि महोत्सवको समापन हुनेछ ।
नाटक मञ्चन हरेक दिन बिहान १०ः३०, दिउँसो १ः०० र साँझ ५ः०० बजे हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच