काठमाडौं । बुद्ध नेपाल पिस फाउण्डेशनको एघारौं साधारणसभा क्यालिफोर्नियामा सम्पन्न भएको छ । नेपाली कम्युनिटी सेन्टर रिचमण्डमा साधारणसभा सम्पन्न भएको हो । फाउण्डेशनका अध्यक्ष चिनकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले आगामी दुई वर्षका लागि प्राडा.टीका लम्सालको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सो अवसरमा पद हस्तान्तरण तथा बर-बुझारथ कार्यक्रमसमेत सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबकी गभर्नर लक्ष्मी चौधरी रहनुभएको थियो भने प्रमुख निर्वाचन आयुक्त प्राडा.आमोद पोखरेलको नेतृत्वमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो । साधारणसभाको सञ्चालन महासचिव सुनिलले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित अध्यक्ष प्राडा.लम्साललाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ । फाउण्डेशनलाई ११ वर्षको सफल यात्रा पुर्याउन योगदान पुर्याउने संस्थापक अध्यक्ष स्व.डा.किशोर शेरचन, निवर्तमान अध्यक्ष चिनकाजी श्रेष्ठ तथा सम्पूर्ण सदस्यप्रति विशेष धन्यवाद प्रकट गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच