गत भदौको २३ र २४ गते जेन-जी आन्दोलनको राप र ताप हालसम्म सेलाउन सकेको छैन । जेन-जी पुस्ताले सायदै कल्पना नगरेको आन्दोलनले केही कुरा दिए पनि धेरै कुरा गुमाएको महसुस आमजनमानसमा परेको छ । तत्कालीन प्रधानमन्त्री खड्कप्रसाद शर्मा ओलीकै दम्भ, अहंकार र घमण्डकै कारण देशले अकल्पनीय क्षति भोग्नुपरेको हो । हरेक कुरालाई सतही रूपमा लिएर प्रस्तुत हुने ओलीको सत्तालाई २४ भदौको जेन-जी आन्दोलनले ढाल्यो । २३ भदौमा रोपिएको जेन-जी आन्दोलनको बिउँ २४ भदौ मै स्पष्ट देखियो । देशमा सुशासन कायम हुनुपर्ने र बन्द सञ्जाल तत्काल खोल्नुपर्नेलगायत माग राख्दै सडकमा ओर्लिएको जेन-जीलाई तत्कालीन ओली सरकारले निकै हल्का रूपमा लिएको देखिन्थो । २३ भदौको सुरुवाती आन्दोलन शान्तिपूर्ण देखिन्थ्यो, आन्दोलन शान्तिपूर्ण रूपमा हुने कुरामा सरकार पनि ढुक्क थियो । जब आन्दोलन सुरु भएको केही घण्टामै बानेश्वरको संसद् भवनतिर लम्कियो अनी, बन्यो इतिहास । सुरुवाती चरणमा संसद् भवन घेर्ने जेन-जीहरूको मनशाय देखिन्थ्यो । जब संसद् घेर्न पुगेका जेन-जीमाथि तत्कालीन ओली सरकारले गोली हान्ने आदेश दियो अनी बानेश्वर बन्यो रणमैदान ।
५२ वर्षपछि पुनःसिंहदरबार खरानी बनेको छ । दरबारमात्रै खरानी बनेको छैन त्यससँग सम्बन्धित दस्तावेज पनि खरानी बन्न पुगेका छन् । सिंहदरबार आफैंमा राजनीति र संवैधानिक इतिहास बोकेको प्रमुख अड्डा मानिन्छ । राजनीतिक शक्तिको प्रमुख केन्द्र बनेको दरबार आज निरीह देखिन्छ । नेपाली राजनीतिमा भएका परिवर्तनहरूको साक्षी बनेको सिंहदरबारलाई २४ भदौ गतेको जेन-जी आन्दोलनले ढालेको छ ।
२३ भदौमा नै दमन गर्ने रणनीति बनाएको सरकारले गोली हान्न आदेश दिएपछि उहीँ दिन डेढ दर्जन बढीले ज्यान गुमाए । त्यति धेरैले एकै दिन ज्यान गुमाएको कुरा नेपालको इतिहासमा पहिलो हो । २३ भदौमा नरोकिएको आन्दोलन २४ भदौ पनि सुरु भइहाल्यो, उक्त दिन नेपाली जनताहरूले केहीँ पाए भने केही गुमाए । प्रहरी र सशस्त्रको भागाभाग हुँदा २४ भदौको आन्दोलनमा मुख्य निसाना बने, सरकारी संरचना, नेताका घर र ठडिएका ठूला संरचनाहरू । संरचनाहरू ध्वस्त हुँदै गर्दा सिंहदरबार पनि निशानामा प¥यो । नेपालीहरूले वर्षाैँदेखि गर्व गरिरहेको सिंहदरबार पनि ध्वस्त बन्यो । १२२ वर्षअघि बनेको सिंहदरबारले धेरै कष्ट खेप्नु परेको छ । १९ओैं शताब्दीको विशिष्ट वास्तु नमुना रहेको यो दरबार चन्द्र शमशेरले विसं १९६० मा व्यक्तिगत रूपमै २५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरेका थिए, जुन दरबारमा १७ सय कोठा थिए । जेन–जी आन्दोलनभन्दा अघि विसं २०३० असार २५ गते पनि सिंहदरबारमा आगलागी भएको थियो । नेपालको मुख्य प्रशासनिक केन्द्र बनेको यो दरबारलाई चन्द्र शमशेरले निर्माण गरेका हुन् । १९५८ असार १० गते चन्द्र शमशेरले ३५० रोपनी जग्गा सिंहदरबारका लागि खरिद गरेका थिए । सत्तामा आएपछि चन्द्र शमशेरले आफूलाई बस्न उत्तम हुने दरबार बनाउँदै गर्दा भव्य दरबार बनेको बताइन्छ । यो दरबार निर्माण हुन एक वर्ष लागेको थियो । सिंहदरबारलाई चन्द्र शमशेरले व्यक्तिगत भवनका रूपमा बनाए पनि पछि उनले राष्ट्रलाई बेचेका थिए । दरबार हेर्दा नै निकै आकर्षक देखिन्थ्यो । दरबारका बैठक कोठाहरू बेलायती, इटालियन र फ्रान्सेली सामानले सजिएका थिए । सिंहदरबार नामकरण हुनुमा पनि अचम्मको कथन रहेको छ ।
सिंहदरबार निर्माण भएपछि एकदिन चन्द्र शमशेरले आफ्नी कान्छी श्रीमती बालकुमारी देवीलाई साथमा लिएर दरबारको कौसीमा पुगेछन् । उक्त कौसीबाट बाघदरबार देखेपछि चन्द्र शमशेरले ऊ बाघदरबार भन्दै बालकुमारी देवीलाई देखाएछन् । बालकुमारीले पनि चन्द्र शमशेरलाई त्यो बाघदरबार हो, भने यसलाई सिंहदरबार नाम राखौं भनेपछि चन्द्र शमशेर पनि सहमत भएर सिंहदरबार नाम राखिएको बताइन्छ । यो दरबार नेपालीहरूका लागि गौरवको दरबार थियो जसले नेपालीहरूको प्रतिष्ठा र इज्जतलाई प्रतिनिधित्व गरेको थियो । जेन-जी आन्दोलनले सिंहदरबार मात्रै जलेको छैन प्रत्येक नेपालीको मन पनि जलेको छ ।
५२ वर्षपछि पुनःसिंहदरबार खरानी बनेको छ । दरबारमात्रै खरानी बनेको छैन त्यससँग सम्बन्धित दस्तावेज पनि खरानी बन्न पुगेका छन् । सिंहदरबार आफैँमा राजनीति र संवैधानिक इतिहास बोकेको प्रमुख अड्डा मानिन्छ । राजनीतिक शक्तिको प्रमुख केन्द्र बनेको दरबार आज निरीह देखिन्छ । नेपाली राजनीतिमा भएका परिवर्तनहरुको साक्षी बनेको सिंहदरबारलाई २४ भदौ गतेको जेन-जी आन्दोलनले ढालेको छ । आन्दोलनले दरबारमात्रै ध्वस्त पारेको छैन यसको इतिहास ध्वस्त भएको छ । पटक-पटकका आन्दोलन र परिवर्तनका साक्षी बनेको दरबार जेन-जी आन्दोलनमा जोगिन सकेन । सदैव सत्ता र शक्तिको किल्ला बनेर छुट्टै साम्राज्य बनेको सिंहदरबार आज निरीह बनेर उभिएको छ ।
इतिहासले जहिले पनि परिवर्तन माग्ने गर्छ । त्यहीँ परिवर्तन मध्यको एक हो, जेन-जी आन्दोलन । धेरै आन्दोलनलाई प्रत्यक्ष रूपमा देखेका नेपालीहरूले यो आन्दोलन पनि सहजै रूपमा लिएको देखिन्छ तर यो पटक इतिहासले धेरै कुरा गुमाएको छ । १९९० सालको भूकम्प र २०७२ सालको भुकम्पले समेत हल्लाउन नसकेको यो दरबारलाई यसपटकको आन्दोलनले खरानी बनायो । राणाकालीन इतिहासदेखि गणतन्त्रसम्मको इतिहासको साक्षी यो दरबार पुनःनिर्माण त होला तर खरानी बनेको इतिहास भने उठ्ने छैन । जलेका संरचना पुनःठडिएलान् तर जलेको इतिहास फेरि उभिने छैन ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच